21.1 C
Kathmandu
Wednesday, June 29, 2022
Home Blog Page 3

कैलालिमा १ करोड पाउदा पनि नबेचेका, टिकटक भाईरल १२ बर्षको कुखुराको (भिडियो हेर्नुहोस)

0

 

कैलालीको टिकापुर नगरपालिका भित्र पर्ने मनिकापुर भन्ने गाउँमा एउटा अचम्मको कुखुरा फेला परेको छ । प्यारु चौधरीको घरमा भएको पोथी कुखुरा १२ ब​र्ष​ हुदा समेत जिवित पाईएको हो । अरु कुखुरालाई जस्तै सामान्य हेरचाहा गर्दा समेत कुखुरा यति धेरै बर्ष बाचेको देख्दा आफु अचम्मित परेको प्यारु बताउछन् ।

प्यारुले यो कुखुरा १२ बर्ष पहिला आफ्नो ससुराली बाट पाएका थिए । कुखुराको बच्चाहरु, अण्डाहरु खाए पनि कुखुरा पालि राख्छु भन्ने सोचले समेत अहिले सम्म कुखुरा बाचिराखेको उनि बताउछन । कुखुरालाई अहिले सम्म कुनै पनि रोग नलागेको र चिल र स्यालले लग्दा समेत दुई दिन पछि सम्ममा आफै घरमा आएको रोचक प्रसंग सुनाउछन उनि ।

आफ्नो लागि कुखुरा अमुल्य भएको र कसैले १ लाख के १ करोड दिए भने पनि बेच्न नसक्ने उनले बताएका छन् । प्रस्तुत छ तिनै भाईरल कुखुराको भिडियो । हेरेर प्रतिक्रिया दिनुहोला ।

प्यारुले यो कुखुरा १२ बर्ष पहिला आफ्नो ससुराली बाट पाएका थिए । कुखुराको बच्चाहरु, अण्डाहरु खाए पनि कुखुरा पालि राख्छु भन्ने सोचले समेत अहिले सम्म कुखुरा बाचिराखेको उनि बताउछन । कुखुरालाई अहिले सम्म कुनै पनि रोग नलागेको र चिल र स्यालले लग्दा समेत दुई दिन पछि सम्ममा आफै घरमा आएको रोचक प्रसंग सुनाउछन उनि ।

 

आफ्नो लागि कुखुरा अमुल्य भएको र कसैले १ लाख के १ करोड दिए भने पनि बेच्न नसक्ने उनले बताएका छन् । प्रस्तुत छ तिनै भाईरल कुखुराको भिडियो । हेरेर प्रतिक्रिया दिनुहोला ।

भिडियो हेर्नुहोस

आज हेर्नुहोस कस्तो छ तपाईंको भाग्य र पाथिभरा माताको दर्शन गरौ, आज २८ भाद्र २०७८ सोमवार को राशिफल हेर्नुहोस

0

 

आज – २८ भाद्र २०७८ सोमवार को राशिफल

मेष

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ, तर सन्तान तथा परिवारमा राम्रो मेलमिलाप हुनेछ ।

मिथुन

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कुनै नकुनै कुराले मनमा प्रसन्नता छाउनेछ । मन अध्यात्मतर्फ आकर्षित बन्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । व्यवसायबाट पनि लाभ हुनेछ ।

सिंह

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भय छ सचेत रहनुहोला ।

तुला

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय र सुखद् यात्राको हुनेछ । धार्मिक यात्राको योग छ ।

धनु

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुनसक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।

कुम्भ

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । ऋण गरेरै भए पनि नयाँ सामान खरीद गरिनेछ, तर खानपीन र स्वास्थ्यको चैं विशेष ख्याल गर्नुहोला ।

बृष

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

कर्कट

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कन्या

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

बृश्चिक

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । दैनिक कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

मकर

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ ।

मीन

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग पनि रहेको छ।

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीचको भेटमा के-के भयो कुराकानी ?

0

प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ । शुक्रबार फतिमा नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री देउवालाई भेट गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको हो ।

उनीहरुबीच एमसीसी परियोजना बारे छलफल भएको छ । फतिमाले एमसिसीका विषयमा नेपालमा भएका चर्चाका बिषयमा चासो व्यक्त गरेकी थिइन् ।

भेटमा एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुसहित नेपाल-अमेरिका सहयोगबारे छलफल भएको प्रधामन्त्री देउवाले जानकारी दिएका छन् ।

देउवाले सामाजिक सञ्जालमार्फत पनि तस्बिर शेयर गर्दै भेट भएको बारे जानकारी दिएका छन् । उक्त भेटवार्तामा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि सहभागी रहेको थियो ।

बिहिबार नेपाल आएकीफतिमा नेतृत्वको प्रतिनिधिमण्डलले सोही दिन एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलाई पनि भेट गरेको थियो ।

यस्तै शुक्रबार पनि फतिमा नेतृत्वको प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उर्जामन्त्री पम्फा भुसाल लगायतललाई भेट गरिसकेको छ ।

बढ्ने भयो बाइक र स्कुटिको मुल्य, यी हुन् बढ्ने मुल्य बाइक र स्कुटरको हेर्नुहोस्

0

 

मोटरसाइकल र स्कुटरको मूल्य फेरि बढ्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश खारेज गर्दै ल्याएको प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकल र स्कुटरमा अन्तःशुल्क बढाएपछि मूल्य पनि बढ्ने भएको हो ।

मन्त्री शर्माले १ सय २५ सीसी नाघेको तर २ सय सिसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्त:शुल्क वृद्धि गरेको हुन्। यस संगै अब १ सय २५ सीसी नाघेको तर २ सय सिसी ननाघेको मोटरसाइकलमा ५० प्रतिशत अन्त:शुल्क तिर्नुपर्छ, जुन यस अघि ४० प्रतिशत मात्र थियो।

त्यस्तै २०० देखि २५० सिसीको मोटरसाइकलमा अब ६० प्रतिशत अन्तशुल्क तिर्नु पर्ने छ । यस अघि १५५ देखि २५० सीसीका बाइकले ५० प्रतिशत अन्तशुल्क तिर्दै आएका थिए । त्यस्तै ५ सयदेखि ८ सय सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तशुल्क लाग्दै आएमामा त्यसलाई बढाएर १०० प्रतिशत पुर्याईएको छ।

बजाज र टीभीएसको मूल्य नबढ्ने
नेपालमै एसेम्बल हुने बजाज र टीभीएस मोटरसाइकलको मूल्य भने खासै नबढ्ने देखिन्छ । तर, प्रतिगोटा ३ हजार रुपैयाँ सडक दस्तुर शुल्क बढेको हुनाले नेपालमै एसेम्बल हुने बाइकको मूल्य पनि थोरैले बढ्न सक्ने छ ।

बजाज र टीभीएस नेपालमै एसेम्बल हुने भएकाले यीनीहरुले अन्तःशुल्कमा ५० प्रतिशत छुट पाउँदै आएका छन् । जसका कारण यी २ कम्पनीका बाईकको मूल्यमा कर, सडक दस्तुर बढ्दा पनि खासै फरबदल नहुने देखिएको छ ।

यी हुन् मूल्य बढ्ने बाइक र स्कुटर
यामाहा, सुजुकी, हिरो, होण्डा, अप्रिलिया, भेष्पा लगायतका विभिन्न ब्राण्डका विभिन्न मोडलका बाइक तथा स्कुटरमा बढेको अन्तःशुल्कले असर गर्नेछ । यी मध्ये पनि सबैभन्दा धेरै भने यामाहालाई प्रभाव पर्नेछ । यामाहाका मात्रै ८ मोडलको मूल्य बढ्नेछ ।

यामाहा एन म्याक्स–१५५ सीसी
यामाहा एसजेड–१५० सीसी
यामाहा एफजेड १६ एफआई–१५० सीसी
यामाहा एफजेड एफआई भीथ्री–१५० सीसी
यामाहा एफजेडएस एफआई डीडी–१५० सीसी
यामाहा एफजेडएस एफआई भीथ्री–१५० सीसी
यामाहा एमटी १५–१५५ सीसी
यामाहा आर १५–१५५ सीसी
सुजुकी जिक्सर एसएफ १५०–१५४.९ सीसी
जिक्सर १५०–१५४.९ सीसी
जिक्सर डीटीडीडी–१५४.९ सीसी
हिरो हंक १५० आर–१५० सीसी
होन्डा सीबी युनिकर्न–१५० सीसी
अप्रिलिया एसआर–१५४.८ सीसी
भेष्पा भीएक्सएल–१४९ सीसी
बेनेली जेन जेरो–१५० सीसी
१०० प्रतिशतसम्म अन्तःशुल्क

 

धनियाँका अपत्यारिला फाइदा, यस्ता राेगहरूकाे पनि अचुक औषधि जान्नुपर्ने कुरा

0

 

धनियाँ हाम्रो भान्सामा हुने एक चीज हो, जसले खानाको स्वाद र बासना बढाउने काम गर्छ । यसलाई हामी तरकारी, अचार र चटपटेलगायत चीजहरूमा प्रयोग गर्दछौँ । यो स्वादका लागि नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । यसको दानादेखि पत्तासम्म विभिन्न रोगको उपचारका लागि प्रयोग गर्न सकिन्छ । अर्थात् यसमा औषधीय गुण हुन्छ ।

टाउको दुख्ने समस्या छ भने धनियाँको पेस्ट टाउकोमा राख्नुहोस् यसले फाइदा गराउँछ । यसैगरी उसले पाचनसम्बन्धि समस्या भएकाहरूका लागि पनि फाइदा गर्दछ । पाचनप्रणालीसम्बन्धि तपाईँलाई कुनै समस्या छ भने धनियाँको पाउण्डर सेवन गर्नुहोस् ।

यसका अन्य फाइदाहरू यस्ता छन् :-

१. आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन्

२. पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ । धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ । धनियाले रगतलाई शुद्धीकरण गर्छ ।

३. यदि तपाई रुघाखोकीबाट ग्रसित हुनुहुन्छ भने धनियाँको रसमा मिश्री, बेसार र चूर्ण मिसाएर पिउनुहोस् । धनियाँको दाना चबाउँदा पनि चिसो लागेको र रुघाखोकीका लागि राम्रो हुन्छ । चियामा धनियाँको प्रयोग स्वास्थका लागि निकै फाइदाजनक मानिन्छ।

 

सुनको मूल्य एक्कासी घटेपछि बजारमा सुन किन्नेको घुइँचो, कति भएछ?

0

सुनको मूल्य एक्कासी घटेपछि बजारमा सुन किन्नेको घुइँचो बढेको,

आज आइतबार नेपाली बजारमा सुन,चाँदीको मूल्य घटेको छ । शुक्रबार तोलामा १ सय रुपैयाले बढेको सूनको मूल्य आज तोलामा ४ सय रुपैयाले घटेको हो ।

शुक्रबार प्रतितोला ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको ११ सय ९५ रुपैयामा कारोबार भइरहेको छ ।

सरकारले दशैंमा प्रति घर परिवारलाई १० हजार राहत दिने, कसरी लिने त?

0

शेरबहादुर देउवा नेतृत्वको सरकारले अति विपन्न गरीब परिवारलाई प्रति घरपरिवार १० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ । देशभरिका ५ लाख घर परिवारलाई यो रकम दशैँकै बेलामा, अर्थात् असोज महिनाभित्रै उपलब्ध गराइने सरकारले घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अध्यादेशबाट आएको बजेटलाई परिमार्जन गर्दै संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोना महामारीबाट आयआर्जन गुमाएका अति विपन्न परिवारलाई असोजभित्रै १० हजार रुपैयाँका दरले राहत बाँड्ने घोषणा गरेको हो ।संसदमा प्रतिपक्षी एमालेको चर्को विरोधको सामना गर्दै अर्थमन्त्री शर्माले १९ पृष्ठ लामो ७७ बुँदे प्रतिस्थापन विधेयक बाचन गरेका थिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले अति विपन्न गरीब परिवारलाई प्रति घरपरिवार १० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ । देशभरिका ५ लाख घर परिवारलाई यो रकम दशैँकै बेलामा, अर्थात् असोज महिनाभित्रै उपलब्ध गराइने सरकारले घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अध्यादेशबाट आएको बजेटलाई परिमार्जन गर्दै संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोना महामारीबाट आयआर्जन गुमाएका अति विपन्न परिवारलाई असोजभित्रै १० हजार रुपैयाँका दरले राहत बाँड्ने घोषणा गरेको हो ।संसदमा प्रतिपक्षी एमालेको चर्को विरोधको सामना गर्दै अर्थमन्त्री शर्माले १९ पृष्ठ लामो ७७ बुँदे प्रतिस्थापन विधेयक बाचन गरेका थिए ।

संसदमा मन्त्री शर्माले भने, ‘कोभिड १९ को प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अति विपन्न गरीब ५ लाख परिवारलाई राहतस्वरुप एक पटकका लागि प्रतिघर परिवार रु १० हजारका दरले निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रवन्ध गरेको छु ।

 

बच्चा न‘हुने महिलालाई बच्चा हुने, ब”नाइदिने भन्दै पंडित आफैं जुटेपछि / भिडियो भयो भाईरल

0

बिवाहित जोडिको बच्चा हुनु एक जैविक प्रकृया हो । यो प्रकृया असन्तुलित भए बच्चा नहुनसक्छ ।यसका लागि चिकित्सा विज्ञानले केही उपायहरु समेत पत्ता लगाएको छ ।तर कोही कोही धार्मिक अनुष्ठानमा बिश्वास गर्छन् ।

शक्तिपीठ र बाबाहरुको भर पर्छन्भारतमा भने अचम्मको घटना भएको छ । बच्चा नभएको भन्दै आएकी महिलालाई बच्चा हुने बनाइदिने भन्दै बाबा आफैं जुटेको पाइएको छ ।घटना उत्तर प्रदेशको राजधानी लखनऊको हो ।

त्यहाँ काले बाबा नाम गरेको एक मानिस थिए ।जो यस मामिलामा त्यहाँ चर्चा पाएका थिए । आजतकमा छापिएको समाचार अनुसार स्थानीय व्यक्तिले सूचना पाएपछि घटना स्थलमा पुगे ।संसारमा कहिले काँही निकै अचम्म लाग्दा खबर आउने गर्छन ।

हालै स्पेनवाट यस्तै अनौठो समाचार आएको छ । स्पेनमा एक गोरी महिलाले कालो बच्चा लाई जन्म दिएपछि आफ्ना श्रीमान लाई अनौठो आ’रोप लगाइन् ।पति पत्नीमा निकै हार्दिकता थियो ।तर जव महिला सुत्केरी भइन् सबै माहौल एकाएक परिवर्तन भयो ।

उनले बच्चा देखेपछि कसैले नसोचेको आरोप पतिलाई लगाइन् ।आफुले कालो वर्णको बच्चा जन्माएपछि ति महिलाले श्रीमान लाई अरु कुनै कालो वर्णको महिलासंग सम्पर्क राखेको आरोप लगाएकी छन् । यो घटना जामोरा (सपेन) को अस्पतालमा केही समय अघि सम्म सबै ठिक थियो ।

एकै छिनमा अस्पतालमा हल-चल भयो । महिलाले जन्म दिएको बच्चा गोरो थिएन ।त्यो कालो रङ्गको थियो । यस्तो थाहा पाएपछि महिला आफ्ना पतिसङ्ग रिसा’इन । लेवर रूममा बच्चा को जब सम्पूर्ण सानो शरीर बाहिर आयो,डाक्टरले चाँडै पत्ता लगाए कि बच्चा एकदम सही छ,।

एक कालो केटा । उनको स्वास्थ्यमा कुनै समस्या छैन । तर जब चिकित्सकले उनलाई बच्चा हातमा दिए उनी बच्चा देखेर अचम्म परिन् । उनले अचम्मको ब्यवहार पनि देखाइन् ।उनले तुरुन्तै आफ्नो श्रीमानको हात तान्दै भनिन, की कुकुर ! यो कस्को छोरो हो, मलाई थाहा थियो कि तिमीले मलाई धोका दिइरहेका छौ । हेर त यो तिमीले यो के गरेका छौ ।

श्रीमतीले यसो भन्दा उनका श्रीमान छक्क परेर उनको अनुहारमा हेरीरहेका थिए ।अवस्था यस्तो आयो की त्यहाँ वि’वाद समेत बढ्यो । बि’वाद बढेपछी उनलाई मेडिकल टोलीले कोठा छोड्न भन्यो ।पक्कै पनि, उनीहरूलाई त्यहाँ के हुँदैछ भनेर बुझ्नको लागि सजिलो थिएन।

एक चिकित्सकले भने,’पतिले काली केटिसङ्ग सम्पर्क गर्दा श्रीमती ले कालो बच्चा जन्मा’उदिनन त्यसैले महिलाले भनेका कुराहरुको कुनै मतलब भएन । हामीले हाँस्नु पनि सकेनौ तर उनको कुरो हासो लाग्दो नै थियो ।

 

आज हेर्नुहोस कस्तो छ तपाईंको भाग्य र पाथिभरा माताको दर्शन गरौ, आज २७ भाद्र २०७८ आइतवार को राशिफल हेर्नुहोस

0

आज – २७ भाद्र २०७८ आइतवार को राशिफल

मेष

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामान चोरी हुने भय छ । टाउको दुख्ने समस्या हुन सक्छ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन र शुभ काममा मन जानेछ ।

मिथुन

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । भक्ति पनि बढ्नेछ ।

सिंह

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज परिवारजनको साथले नयाँ आशा जगाउनेछ । शुभ समाचार सुन्न पाइएला । आस मारेको काम बन्नेछ, तर पेटको समस्या बढ्न सक्छ ।

तुला

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । चिताएको कामले तीव्रता लिनेछ । गरेको कार्यमा सफलता पाइनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

धनु

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । आर्थिक कारोबारमा मन्दी आउनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

कुम्भ

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्यको योजना बन्ने र नयाँ वस्त्र प्रगतिको योग छ । सरकारी निकायबाट सहयोग मिल्नेछ । शेयर बजारमा गरेको लगानी पनि राम्रो हुनेछ ।

बृष

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा नै हुनेछ ।

कर्कट

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला । परिवारसँग समय बिताउने अवसर जुट्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कन्या

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ काममा मन जानेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

बृश्चिक

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

मकर

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

मीन

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सानातिना बाधा इलागे पनि काम रोकिने छैन र कार्य सम्पादनमा सहजता मिल्दै जानेछ । विद्या र बुद्धिको विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

 

के अमेरिकी सेना आउँछ ? ‘एमसिसी’ नेपालले नै मागेको कि अमेरिकाले जबरजस्ती दिएको ?

0

 

अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टद्वारा अनुदान उपलब्ध गराइएका सबै परियोजनाहरू नेपाल सरकारले मुलुकको आर्थिक वृद्धिका निम्ति महत्वपूर्ण ठहर्याई नेपाल सरकारद्वारा नै छनोट गरिएको स्पष्ट पारिएको छ ।

एमसिसीबारे विभिन्न टिकाटिप्पणी सार्वजनिक भइरहेका बेला सो निकायले स्पष्ट पार्दै परियोजना छनोटमा नेपाल सरकारको टोलीलाई एमसिसीले संयोजन गर्नुका साथै अमेरिकी सरकारी कर्मचारीको टोलीले सहयोग मात्र गरेको जनाएको छ । मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे नेपाल सरकारका प्रश्नको जवाफका क्रममा एमसिसीले नेपालको आफ्नै प्रसारण लाइन गुरुयोजना सन् २०१५ को दस्तावेजले पहिचान गरेको तथा पछि प्रसारण लाइन विकास योजना सन् २०१७ ले समेत आवश्यकताका आधारमा पुनःपुष्टि गरेको प्रसारण लाइनहरुलाई नै एमसिसी नेपाल कम्प्याक्टमा समावेश गरिएको उल्लेख गरेको छ ।

एमसिसी परियोजनालाई राष्ट्रियतासँग जोडेर गरिएका केही टिप्पणीका सम्बन्धमा सो निकायले सबै एमसिसी साझेदार देशहरुसँग सम्पन्न भएका एमसिसी कम्प्याक्ट अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तद्वारा निर्देशित अन्तर्राष्ट्रिय सम्झौता भएको स्पष्ट पारेको छ ।

अन्य देशमा एमसिसीको अनुभवका आधारमा, कम्प्याक्टको कार्यान्वयन कुनै ढिलाइबिना अघि बढ्न सकोस् भन्ने सुनिश्चित गर्नका निम्ति कम्प्याक्टको हैसियत एक अन्तर्राष्ट्रिय सम्झौतासरह हुनु महत्वपूर्ण हुने एमसिसीको जवाफ छ । जुन कुरा कम्प्याक्टको सीमित पाँचवर्षे कार्यान्वयन अवधिको परिप्रेक्ष्यमा पनि विशेषरूपमा महत्वपूर्ण रहेको बताइएको छ । व्यवहारिक तवरमा कम्प्याक्टलाई अन्तर्राष्ट्रिय सम्झौताको स्तरमा राखिनुको प्रभाव भनेको स्थानीय कानुनको कुनै निश्चित प्रावधानसँग बाझिने विरलै अवस्थामा बाहेक, कम्प्याक्ट परियोजनाहरूको कार्यान्वयन नेपालको कानुनअनुसार नै हुने भन्ने हुन्छ ।

त्यस्तो विरलै अवस्थामा कम्प्याक्ट परियोजनाहरु कम्प्याक्टमा भएका आपसी सहमतिका शर्तहरू नेपालको संविधानबमोजिम नै कार्यान्वयन हुन्छन् । एमसिसीको उद्देश्य आर्थिक वृद्धिमार्फत गरिबी न्यूनीकरण गर्नु हो । नेपालमा एमसिसीको लक्ष्य नेपाली नागरिकको जीवनस्तर तीव्रगतिमा सुधार गर्नु रहेको छ ।