21.1 C
Kathmandu
Tuesday, June 28, 2022
Home Blog Page 2

सबै विद्यालय खुला गरिँदै, तयारीमा जुट्न सरकारको आग्रह

0

सरकारले निटक भविष्यमै सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा बसेको सरोकारवालाहरुको बैठकले निकट भविष्यमा विद्यालय सञ्चालन गर्न ‘अनुरोध गर्ने’ निर्णय गरेको हो।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलिया, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का कार्यकारी प्रमुख बालानन्द शर्मा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्ण पौडेल लगायत सहभागी बुधबारको बैठकले विद्यार्थी, अभिभावक तथा शिक्षकहरुलाई कोभिढ १९ को अभिमुखिकरण गरी निकट भविष्यमा विद्यालय सञ्चालनका लागि तयारी गर्न अनुरोध गर्ने निर्णय गरेको हो।

विद्यालयहरुलाई नजिकको स्वास्थ्य संस्थाहरुसँग समन्वय गरी टेस्टिङ, ट्रिटिङ (उपचार) र ट्रेसिङको व्यवस्था हुने गरी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सिफारिसमा आधारमा विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गर्न सकिने निर्णयमा उल्लेख छ।

यस्तै, विद्यालय सञ्चालनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको कोभिड १९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ को पूर्ण पालना हुने गरी तयारी गर्न अनुरोध गर्ने पनि निर्णयमा उल्लेख छ।

बैठकमा नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी, नेशनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा लगायत सहभागी थिए।

 

यस्तो तरिकाले बढ्यो तेल र दालको मुल्य , हेर्नुस् यति भयो

0

पछिल्लो समय बाढीपहिरोले उत्पादन र ढुवानी लागत बढेको भन्दै व्यापारीले उपभोक्तामाथि अत्याचार गरिरहेका छन । दैनिक उपभोग्य खाद्यवस्तुको निरन्तर मूल्यवृद्धि भइरहेको छ । चामल, तेल, मुसुरोको दाल, चिनी, मैदा, सोयाबिनलगायत वस्तुमा डेढ सातादेखि मूल्यवृद्धि हुने क्रम रोकिएको छैन ।

एक सय १० रुपैयाँ प्रतिकिलोको सोयाबिन दुई सय पुगेको छ । त्यस्तै, डेढ साताअघि एक हजार सात सय रुपैयाँमा बिक्री भइरहेको जिरा मसिनो (१ नम्बर गुणस्तर) को २५ किलोको बोरा अहिले एक हजार सात सय ५० रुपैयाँ पुगेको खुद्रा वयापार संघका कार्यवाहक अध्यक्ष रामकृष्ण मानन्धरले बताए ।

उनका अनुसार सबै प्रकारका चामलमा सामान्य मूल्य बढेको भए पनि जिरा मसिनो एक नम्बरमा अस्वाभाविक रुपमा मुल्य बढेको हो । त्यस्तै डेढ साताअघि एक सय २५ रुपैयाँ प्रतिकिलो रहेको मुसुरोको दाल अहिले एक सय ६० रुपैयाँ पुगेको छ। ८६ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको चिनी सय रुपैयाँ पुगेको छ भने मैदा प्रतिकिलोमा चार रुपैयाँ बडेको छ ।

त्यस्तै खानेतेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँसम्म मूलयवृद्धि भएको छ । डेढ साताअघि दुई सय ३० देखि दुई सय ४० रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको फेमिली ब्रान्डको सनफ्लावर तेल अहिले दुई सय ६० पुगेको छ । त्यस्तै भटमासको तेल दुई सय २५ रुपैयाँबाट बढेर दुई सय ४५ रुपैयाँसम्म पुगेको छ । केही पसलमा भटमासको तेल २ सय ५० रुपैयाँमा कारोबार हुन थालेको छ ।

 

प्रचण्डले आफु बि’ग्रिएको भन्दै स्वीकारे आफ्नो गल्ति 

0

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता, कार्यकर्ता कोही नभएर माओवादी पार्टीका शीर्ष नेताहरु बि’ग्रिएको स्वीकार गरेका छन् ।

मंगलबार पेरिसडाँडामा पोष्टबहादुर बोगटी ‘दिवाकर’को ७औं स्मृति दिवस बोल्दै अध्यक्ष प्रचण्डले पार्टीका शीर्ष नेताहरु बि’ग्रिएको तर, जनता र कार्यकर्ताहरु न’बिग्रिएको र क्रा’न्तिकारी आ’न्दोलनका लागि तयार रहेको बताए ।उनले भने, ‘जनता बि’ग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बि’ग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौं ।

गु’ट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बि’ग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’साथै, पार्टीमा क्रा’न्ति आ’न्दोलनमा जाने भनेपछि जु’र्मुराएर उठ्ने पंक्ति पनि रहेको उनले बताए । उनका अुनसार क्रा’न्तिका लागि लाखौंको संख्यामा सडकमा आउन तयार रहेछन् ।

अध्यक्ष प्रचण्डले क्रा’न्तिकारी पार्टीमा नराम्रोसँग विचलन आएको पनि बताएका छन् । उनले भने, ‘हामी हिजोका वि’रासतबाट वि’चलित जस्तो भएका छौँ । वर्ग, उ’त्पी’डित जाति, समुदायका लागि सम्पूर्णरुपले समर्पित भएर ब’लिदान दिन तयार हुने पार्टी पंक्तिमा विचलन आएको छ ।’

पार्टी पंक्ति अहिले गु’ट बनाएर फाइदा लिन मात्र केन्द्रित भएको पनि उनले बताएका छन् । ‘अहिले पद, प्रतिष्ठा र व्यक्तिगत स्वा’र्थका लागि लगाव धेरै देखिएको छ,’ उनले भने, ‘गु’ट बनाउनतिर बढी जाँगर आउने, पार्टी बनाउने भन्दा गु’ट बनाउँदा फाइदा हुन्छ कि भन्ने सोच्ने प्रवृत्तिको बिस्तारै बिस्तारै विकास भएको छ ।’

 

नेप्सेमा ३ लाख ६५ हजार कित्ता बोनस सूचिकृत

0

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे ३ लाख ६५ हजार ८ सय ३५ दशमलव २४ कित्ता सेयर सूचिकृत भएको हाे ।

कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

 

बैदेशिक रोजगारमा गएका नेपालीहरुको लागि खुसीको खबर, सरकारको यस्तो संकेत

0

सरकारले विदेशबाट ल्याउन पाउने मोबाइलको सङ्ख्या बढाउने सङ्केत गरेको छ । भन्सार नतिरी एउटा मोबाइल ल्याउन सक्ने अहिलेको प्रावधानलाई बढाउन सकिने अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।

आइतबार अर्थ मन्त्रालयमा आयोजित प्रतिस्थापन विधेयकपछिको छलफल कार्यक्रममा उनले विदेशबाट फर्किएका नेपालीले एउटाभन्दा बढी मोबाइल ल्याउँदा दु:ख पाएको उल्लेख गर्दै यस्तो सम’स्या समाधान हुनुपर्ने बताए ।

जसले विप्रेषण पठाउँछ, उसले मोबाइल ल्याउँदा पनि दु:ख पाउनुपरेको छ,’ उनले भने, ‘अब तीन अथवा चार कति वटासम्म ल्याउन दिने त्यो पनि प्रस्ट पार्नुपर्छ । सरकारले भदौ २५ गते अघिल्लो बजेट अध्यादेशलाई संशोधन गर्ने प्रतिस्थापन विधेयक ल्याएको थियो ।

 

अन्ततः बिष्णु माझी र कृष्ण कंडेलबिच भयो यस्तो कुराकानी

0

पछिल्लो समय सामाजिक संजालहरुमा गायिका बिष्णु माझीको बारेमा धेरै कुराहरु हेर्दै आउनु भयको छ। गित संगीतमा सबैभन्दा धेरै पारीश्रमीक लिने गायिका समेत भनेर धेरैले चिन्ने गायिका बिष्णु माझीको बारेमा अग्रज कलाकार देखि हरेक गित संगीत संग सम्बन्धीत रहेका कलाकारहरुले आआफ्नो तरीकाको प्रतिक्रिया समेत दिदै आयको पाउन सक्छौं।

तर बिष्णु माझी सम्बन्धीत वास्तविक कुरा भने कि त बिष्णु लाई थाहा होला होइन भने सुन्दरमणी लाई नै थाहा छ उहाहरु नदेखीनुको आन्तरिक कुरा।दर्शकको चाहाना अनुसार यति धेरै माया पायकी गाईका गुमनाम बस्नु भनेको धेरै दर्शकहरुको उहालाइ हेर्ने चाहाना छुट्टै हो।

तर अहिले पछिल्लो समयमा आबैको सर्बपृय कार्यक्रम इन्द्रेणी मा बिष्णु माझीलाइ लैजान पर्यो भन्दै धेरै किसीमका कुरा समेत उठ्न थालेका छन। के इन्द्रेणीमा जानू हुन्छ त बिष्णु माझी, यो सबैका लागि कौतुहलताको बिषय समेत हो।

पछिल्लो समय इन्द्रेणीको कुरा गर्नेहो भने लाइभ दोहोरी संग सम्बन्धीत हरेक कार्यक्रम धेरैले मन पराउदै आउनुभयको छ।

जसमा बिष्णु माझी पनि लोकदोहोरी कलाकार भयको कारण पनि सबैको अनुमान अनुसार यो कुरा आउनु पनि स्वभाबिक होला। किन कि धेरै पुराना अनि अग्रज कलाकारहरू जो जहाबाट आयपनी पाइला इन्द्रेणीमै ठोक्किनजान्छ।

 

email sharing button

कञ्चनपुरमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको

0

पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर खण्ड अवरुद्ध पारिएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको हो।स्थानीयले कारबाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका हुन्।

ठक्करबाट गम्भीर घाइते भएका साइकल चालक कृष्णपुर –५ का ४५ वर्षीय कृष्णबहादुर ऐरको मृत्यु भएको थियो। दुर्घटना बुधबार विहान ६ बजे भएको थियो। रेडक्रसको एम्बुलेन्स र भीमदत्त नगरपालिका –१६ का ४० वर्षीय चालक गणेश विष्टलाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ।

 

आज हेर्नुहोस कस्तो छ तपाईंको भाग्य र पाथिभरा माताको दर्शन गरौ, आज ३० भाद्र २०७८ बुधवार को राशिफल हेर्नुहोस

0

आज – ३० भाद्र २०७८ बुधवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । लाभदायक र खुसीपूर्ण यात्रा हुनेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । चिताएको कामले तीव्रता पनि लिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो स्वास्थ्य राम्रो रहनेछ भने खुसीका निम्ति केही खर्च हुनसक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ कार्यको योजना बन्ने र धार्मिक यात्राको योग छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ, तर पारिवारिक सुखका लागि धन खर्च हुनसक्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज व्यक्तिगत कार्यमा सफलता मिल्नेछ । पुँजी बजारमा आकर्षण बढ्नेछ । चिन्ता हटेर मन हलुका हुनेछ । मनोरञ्जनमा सहभागी पनि भइएला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज गरेको कामबाट अपेक्षाकृत सफलता हात पर्नसक्छ । आफन्त एवं इष्टमित्रसँग भेटघाट होला । शेयर बजारमा आकर्षण र लाभको अवसर आउनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । व्यक्तिगत खुसीका लागि केही धन खर्च भने अवश्य हुनेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मनमा उत्साहका साथै बोली बिक्ने समय छ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज उपहार प्राप्त होला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज चलाखीपूर्ण बोलीले काम बन्ने र आर्थिक लाभ हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । यात्रामा मालसामान पनि हराउन सक्छ, तर अन्तिम समयमा काम बन्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । भोजमा सहभागी पनि भइएला ।

 

यस्तो कारणले गर्दा पोखरामा बिजुली गयो

0

किन पड्किन्छन् त ट्रान्सफर्मर ? पौडेलका अनुसार एकैपटक धेरैजनाले बिजुली खपत गर्दा ट्रान्सफर्मरले धान्न सकेन । पोखरामा बिजुलीको माग जति छ, त्यति धान्न सक्ने ट्रान्सफर्मर नहुँदा पोखरेलीले दिनदिनै बिजुली जाने समस्या झेलिरहनुपरेको छ । सोमबार त सास्ती भयो, भयो मंगलबार पनि पोखरेलीले सुख पाएनन् । यस दिन पनि पोखराको नयाँबजारका बासिन्दा र व्यवसायीले बिजुलीको मुख देख्न पाएनन् । सुपरभाइजर पौडेलका अनुसार मंगलबारचाहिँ नयाँबजार तिरको ट्रान्सफर्मरमा समस्या आएको थियो ।

तर, सोमबार र मंगलबारमात्रै होइन, अचेल प्रायश बिजुली बत्ती नियमित छैन । झ्याप्पझ्याप्प बिजुली गइरहन्छ, आइरहन्छ । सर्वसाधारणलाई लागेको थियो—नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति भएपछि बिजुलीमा समस्या आउँदैन । तर, सोचेजस्तो अनुभव जनताले गर्न पाएका छैनन् । पद्म नर्सिङमा कार्यरत कृष्ण आचार्य फेसबुकमा लेख्छन्, ‘कुलमान भगवान थिएनन् र हैनन पनि ! फेर्नुपर्ने सिस्टम थियो ! सुधार्नुपर्ने प्राविधिक कुरा थियो ।

हेर्नुपर्ने व्यवस्थापन थियो । तर हामीले व्यक्तिलाई बोक्यौ। एउटा ब्यक्तिलाई भगवान ठानेर धेरै राष्ट्र सेवकहरुको अपमान गर्यौ र त अहिले परिणाम भोग्दै छौं । हामी धेरैलाई लागेको थियो कुलमान भनेको नै बिजुली हो बिजुली भनेको नै कुलमान हो ! तर हैन रछ त ! कुलमान आए नि बत्तीको लाइन जाँदो रछ त !’

४ वर्षअघि २०७३ सालको लक्ष्मीपूजाको दिनदेखि लोडसेडिङ अन्त्य भयो । कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमादेशलाई लोडसेडिङ मुक्त गराइयो । त्यसको ४ वर्षपछि फेरि बिजुली जाने समस्या चुलिएको छ । आजभोलि दिनहुँ झ्याप्पझ्याप्प बिजुलीजाने गरेको उपभोक्ता बताउँछन् । दैनिक बिजुली जाने समस्याले अब फेरि लोडसेडिङको तालिका आउनेमा उपभोक्ता सशंकित छन् ।

सोमबार र मंगलबार किन गयाे बत्ती ?
नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख ई. ऋषि कुमार वरनवाल भन्छन्, ‘हामी विजुली जाने कुरा पोखरा वितरण केन्द्रको फेस्बुक पेजमा अप्डेट गछौं । भइपरि आउने समस्याले विजुली जान्छ ।’ कुडँहरमा सोमबार १३२÷ ११ केबीको सरक्यूट ब्रेकर गएर बिजुली गएको उनले बताए । मेकानिकल समस्या थियो । अहिले हामीहरुले सल्भ गयौं ।

६० वटा ट्रान्सफर्मरको फियूज गएको थियो । १ वटा जलेको उनले जनकारी दिए । मंगलबार दिउँसो ५ बजेसम्म सबैतिर बनाइसकेको उनको दाबी छ । ट्रान्सर्फमर कम हुँदा लोड बढी पर्ने उनी बताँछन् । ‘ट्रान्सर्फमर देशव्यापी समस्या हो । कास्कीमा ७ सय भन्दा बढी ट्रान्सर्फमर रहेकोमा अब ५० वटा ट्रान्सर्फमर थपे भन्यो लाइन जाने समस्या हट्छ । अहिले यो हाल्ने हामीसँग बजेट छैन । छिट्टै बजेट आएपछि ट्रान्सर्फमर थप्ने योजनामा रहेको उनले बताए । ‘सोमबार ४ घण्टा बिजुली गयो ।

बेलुका ६ बजे लाइन आउँदा सबैले एकै चोटि रोकिएका काम गर्दा लाइन गएको हो,’ उनले भने । धेरै ठाउँमा ट्रान्सर्फमर फियूज गएर समस्या आएको उनले सुनाए । वितरण केन्द्रले मंगलबार बिहान ३ बजे सम्म ट्रन्सफरर्मर बनाएर सेवा प्रवाह गरिरहेको उनले दाबी गरे ।

बिजुली काटिने अन्य कारणहरु पनि रहेको उनी बताउँछन् । उनका अनुसार सवारी दुर्घटना, आगो, हावाहुरी, चट्याङका कारण विद्युत अवरुद्ध हुने गरेको छ । उनी थप्छन्, ‘४० वर्ष पुराना पोलहरु छन् । हावाहुरी आउँदा लड्ने भाँचिने गर्दा विद्युतअवरुद्ध हुन्छ । लोडसेडिङ तालिका सर्वजनिक गर्न पर्ने अवस्था छैन ।’सडक विस्तार,टेलिकम, नेटका तार, खानेपानी पाइपका कारण पनि विद्युत मर्मत गर्न ढिलाइ गरेको हुने बताए ।

‘कुन ठाउँमा कति बेला भार बढ्छ थाहा हुँदैन । कुनै ठाउँमा ओभरलोडका कारणले पनि विद्युत जान्छ । यस्तो ठाउँमा अर्को फिडर थपेर लोड कम गर्नुपर्छ ।
कास्कीमा दैनिक ३० मेगावट बिजुलीको माग छ । जिल्लामा ७८ हजार ७७ जना उपभोक्ता छन् । लोड बढ्दो छ । तर फिडर कम हुँदा लगातार बत्ती जाने गरेको उनले बताए । कास्कीभर ९.८२ प्रतिशत बिजुली चुहावट छ ।

‘कुन ठाउँमा कति बेला भार बढ्छ थाहा हुँदैन । कुनै ठाउँमा ओभरलोडका कारणले पनि विद्युत जान्छ । यस्तो ठाउँमा अर्को फिडर थपेर लोड कम गर्नुपर्छ । अहिले लाचोकमा एउटा फिडर बन्दै छ,’ उनले भने, ‘प्रसारण विद्युतहरु एकतर्फी हुँदा पनि बिजुली मर्मत गर्दा समय लाग्ने र धेरै ठाउँमा बिजुली काट्नुपर्ने कारणले समस्या आउँछ ।’

 

कुलमानको निर्देशन : बत्ती जाने गुनासो सुन्नु नपरोस् !

0

नेपाल विद्युत् प्राधिकरणले सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालेको छ । विना जानकारी झ्याप्प–झ्याप्प बत्ती जाने गरेको, नयाँ बत्ती जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता गुनासो आउन थालेपछि यस्ता समस्या समाधान गरी सेवा प्रवाहमा सुधार ल्याउन प्राधिकरण व्यवस्थापनले पहल सुरु गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज सोमवार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, सात वटै प्रादेशिक कार्यालय, प्रदेश डिभिजन कार्यालय र शाखाका प्रमुखसँग भर्चुअल बैठक राखी कार्यालयहरूले ब्यहोरिरहेका समस्याका बारेमा छलफल गरी गुणस्तरीय विद्युत् आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न कठोर बन्न निर्देशन दिनुभएको छ ।

‘छिनछिनमा बत्ती जाने गरेको, गुनासो गर्दा नो लाइटमा फोन नउठ्ने, गुनासो सम्बोधन नहुने जस्ता गुनासो मलाई मात्रै हैन ऊर्जा मन्त्रीज्यूकोमा समेत आउने गरेको छ यस्ता गुनासोलाई तत्काल समाधान गर्नुस् ।

साथै उपभोक्तालाई नियमित, गुणस्तरीय, भरपर्दो विद्युत् आपूर्ति र सेवा प्रवाह सुधारमा केन्द्रित हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘संस्थाभित्रको सुशासन कायम गरी ग्राहकलाई दिने सेवा सुधार गर्न आफैँ सुध्रिएर नैतिक आचरण देखाउनुपर्छ, चुहावट  नियन्त्रण अभियान रोकिएको छ, पालिका र प्रशासनसँगको समन्वय र सहकार्यमा यसलाई तत्काल सुरु गर्नुपर्छ ।’ उहाँले कसैको दबाब र प्रभावमा नपरि उच्च नैतिक आचरण देखाएर जिम्मेवार भइ काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

घिसिङले भन्नुभयो, ‘विद्युतको माग बढाउन ग्राहकले माग्न साथ थ्री–फेज मिटर दिनुपर्छ, प्रसारण तथा वितरण संरचनाहरूको सुदृढीकरण तथा स्तरोन्नति गर्ने योजना बनाइ तत्काल काम सुरु गर्नुपर्छ, निर्माणाधीन आयोजनाहरूको काम छिट्टो सम्पन्न गर्नुपर्छ, रुग्ण बनेका र काम नगर्ने ठेकेदारसँगको ठेक्का तोड्नुपर्छ ।’

‘खर्च नियन्त्रणका लागि स्टोरमा रहेका पुरानो सामानको अधिकतम प्रयोग गरी जिन्सी सामानको स्टक घटाउने, नयाँ सामान खरिदमा नियन्त्रण, काम नलाग्ने जिन्सी सामानहरूको लिलामी, ट्रान्सफर्मर मर्मत समयमै आफ्नै वर्कशपमा गरिने छ ।

वित्तीय अनुशासन कायम गर्न ठाडो खरिद, कोटेशनमार्फत हुने खरिदको नियन्त्रण आर्थिक प्रशासन विनियमावलीलाई कडाइका साथ पालना गरिने छ’, प्राधिकरण नेपाल विद्युत् प्राधिकरणले सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालेको छ । विना जानकारी झ्याप्प–झ्याप्प बत्ती जाने गरेको, नयाँ बत्ती जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता गुनासो आउन थालेपछि यस्ता समस्या समाधान गरी सेवा प्रवाहमा सुधार ल्याउन प्राधिकरण व्यवस्थापनले पहल सुरु गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज सोमवार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, सात वटै प्रादेशिक कार्यालय, प्रदेश डिभिजन कार्यालय र शाखाका प्रमुखसँग भर्चुअल बैठक राखी कार्यालयहरूले ब्यहोरिरहेका समस्याका बारेमा छलफल गरी गुणस्तरीय विद्युत् आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न कठोर बन्न निर्देशन दिनुभएको छ ।

‘छिनछिनमा बत्ती जाने गरेको, गुनासो गर्दा नो लाइटमा फोन नउठ्ने, गुनासो सम्बोधन नहुने जस्ता गुनासो मलाई मात्रै हैन ऊर्जा मन्त्रीज्यूकोमा समेत आउने गरेको छ यस्ता गुनासोलाई तत्काल समाधान गर्नुस् ।साथै उपभोक्तालाई नियमित, गुणस्तरीय, भरपर्दो विद्युत् आपूर्ति र सेवा प्रवाह सुधारमा केन्द्रित हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘संस्थाभित्रको सुशासन कायम गरी ग्राहकलाई दिने सेवा सुधार गर्न आफैँ सुध्रिएर नैतिक आचरण देखाउनुपर्छ, चुहावट नियन्त्रण अभियान रोकिएको छ, पालिका र प्रशासनसँगको समन्वय र सहकार्यमा यसलाई तत्काल सुरु गर्नुपर्छ ।’

उहाँले कसैको दबाब र प्रभावमा नपरि उच्च नैतिक आचरण देखाएर जिम्मेवार भइ काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । घिसिङले भन्नुभयो, ‘विद्युतको माग बढाउन ग्राहकले माग्न साथ थ्री–फेज मिटर दिनुपर्छ, प्रसारण तथा वितरण संरचनाहरूको सुदृढीकरण तथा स्तरोन्नति गर्ने योजना बनाइ तत्काल काम सुरु गर्नुपर्छ, निर्माणाधीन आयोजनाहरूको काम छिट्टो सम्पन्न गर्नुपर्छ, रुग्ण बनेका र काम नगर्ने ठेकेदारसँगको ठेक्का तोड्नुपर्छ ।’

‘खर्च नियन्त्रणका लागि स्टोरमा रहेका पुरानो सामानको अधिकतम प्रयोग गरी जिन्सी सामानको स्टक घटाउने, नयाँ सामान खरिदमा नियन्त्रण, काम नलाग्ने जिन्सी सामानहरूको लिलामी, ट्रान्सफर्मर मर्मत समयमै आफ्नै वर्कशपमा गरिने छ । वित्तीय अनुशासन कायम गर्न ठाडो खरिद, कोटेशनमार्फत हुने खरिदको नियन्त्रण आर्थिक प्रशासन विनियमावलीलाई कडाइका साथ पालना गरिने छ’,