बास्तु शास्त्र
———
एकजना भलाद्‍मीले आफ्नो आम्दानीबाट केही रकम बचत गरेर मुख्य शहर बाहिरको सानो शहरमा केही जमिन किने ! त्यस जमिनमा एउटा घर पनि थियो ! घर पछाडिको बगैँचामा एउटा सय बर्ष पुरानो आँपको रूख थियो ! बास्तबमा त्यो पुरानो आँपको रूखको कारणले गर्दा नै ती भलाद्‍मीले त्यो जमिन किनेका थिए ! किनकी उनको श्रीमतीलाई आँप असाध्यै मन पर्थ्यो !

घरको मर्मतको समयमा ती भलाद्‍मीका साथीभाई र इष्टमित्रहरूले घर मर्मत गर्नु अघि बास्तु शास्त्रका ज्ञाता कुनै बास्तु पण्डितसंग सल्लाह लिनका लागि उनलाई सुझाब दिए ! भलाद्‍मीले बास्तु शास्त्र माथि त्यति बिश्वास गर्दैनथे ! तर आफ्नो साबधानीको लागि उनले यसपल्ट आफ्ना साथीभाईहरू र आफन्तहरूको सुझाबलाई माने ! उनी शहरमा एकजना ख्याति प्राप्त बास्तु शास्त्रीलाई भेट्न गए ! ति बास्तु शास्त्री बास्तु पण्डितको नामबाट परिचित थिए ! बास्तु पण्डित बिगत तीस बर्षदेखि बास्तु शास्त्रको पेसासंग आबद्धमा थिए ! उनी बास्तु शास्त्रका सबैभन्दा ठूला ज्ञाता मानिन्थे !

उनीहरूले शहरमा संगै खाना खाए ! खाना पछि भलाद्‍मीले बास्तु पण्डितलाई आफ्नो जमिन देखाउन आफ्नो कारमा राखेर अगाडि बढे ! बाटोमा उनीहरूको कार पछिका धेरै कारहरूले उनीहरूलाई उछिन्न खोजी राखेको थियो ! भलाद्‍मीले पछाडिका सबै कारहरूलाई कुनै झन्झट बिना पालै पालो बाटो दिदै गए !

भलाद्‍मीले यो पारा देखेर बास्तु पण्डितले उनलाई गिज्याउँने उद्देश्यले हाँस्दै भने- सर, तपाईको ड्राइभिङ त एकदमै सुरक्षित रहेछ !

भलाद्‍मीले जबाफ दिए- सामान्यतया जरुरी काम हुनेहरूलाई नै छिटो पुग्नु पर्ने हुन्छ र उनीहरूलाई अरूको कारलाई उछिन्नु आबश्यक पर्दछ ! त्यसकारण, हामीहरूले उनीहरूलाई रोक्नु हुँदैन ! उनीहरूलाई बाटो दिनु पर्दछ !

जब उनीहरू एउटा साना गाउँमा पुगे तब सडक साँगुरो हुन पुग्यो ! भलाद्‍मीले आफ्नो कारको गति पनि बिस्तारै कम गर्दै गए ! अकस्मात् उनीहरूको कारलाई बेवास्ता गर्दै बाटोको एक छेउबाट एकजना बालक हाँस्दै दौडँदै सडकमा आई पुग्यो ! भलाद्‍मीले गाडि रोके ! तर, बालकले बाटो पार गरिसके पछि पनि भलाद्‍मीले गाडि अगाडि बढाएनन् ! बरू उनले कसैलाई पर्खिए झैं गरी बाटो वरीपरी दायाँबायाँ नजर लगाउन थाले ! अकस्मात् सडकमा अर्को बालक देखा पर्‍यो ! जो अघिको बालकलाई पिछा गर्दै त्यहाँ आइपुगेको थियो !

बास्तु पण्डित एकदमै आश्चर्यमा परे ! उनले भलाद्‍मीलाई सोधे- तपाईलाई दोस्रो बालकले पहिलो बालकलाई पिछा गरिरहेको छ भनेर कसरी थाहा भयो?

भलाद्‍मीले मुस्कुराउँदै भने- बालबालिकाहरू सधैं एक अर्काका पिछा गरिराखेका हुन्छन् ! आफ्नो कुनै साथी बिना यसरी खुसी हुँदै दौडिएको बालक भेट्न मुस्किल हुन्छ !

अहिले भने बास्तु पण्डित भलाद्‍मीको जबाफबाट एकदमै प्रभाबित भए र उनलाई धन्यवाद् दिए !

जब उनीहरू भलाद्‍मी ब्यक्तिको घर र जमिनमा पुगे, उनीहरू कारबाट ओर्लिए ! अकस्मात् सात आठवटा चराहरू घर पछाडिको बगैंचाबाट उडेको देखियो ! भलाद्‍मीले बास्तु पण्डितलाई भने- यदि तपाईलाई कुनै अप्ठ्यारो हुँदैन भने कृपया केही बेर हामी यहाँ रोकिन सक्छौ?

बास्तु पण्डितले अचम्म मान्दै सोधे- किन? के भयो?

भलाद्‍मीले जबाफ दिए – खास केही होइन ! सायद केही बच्चाहरूले घर पछाडिको बुढो आँपको रूखमा चढेर आँप चोरी राखेका छन् जस्तो छ ! यदि अकस्मात् हामी त्यहाँ पुग्यौं भने उनीहरू डराउने छन् ! म कुनै पनि बच्चाहरू त्यो बुढो आँपको रूखबाट लडुन भन्ने चाहन्न ! म उनीहरू माथि कुनै खतरा मोल्न चाहदिन !

बास्तु पण्डित केही बेर चुपचाप त्यही उभिए र भने- सर, तपाईको यो घर र यो जमिनलाई कुनै पनि बास्तु उपचारको, कुनै पनि पूजा आजाको आबश्यकता छैन !

भलाद्‍मीले अचम्म मान्दै सोधे- किन पण्डितजी?

💮बास्तु पण्डितले जबाफ दिए: कुनै पनि घर, कुनै पनि जमिन जहाँ तपाई जस्तो मानिसको उपस्थित हुन्छ त्यो प्राकृतिक रूपमै एकदमै शुभ हुन्छ र त्यो एमदमै पवित्र बास्तु युक्त सम्पत्ति बन्दछ ! जसको दिमागले जहिले पनि अरूको शान्ति र खुसीलाई महत्व दिन्छ र जसले हमेसा अरूको फाइदाको बारेमा सोच्दछ त्यो ब्य मक्ति सच्चा ज्ञानी हुन्छ ! यस्ता ज्ञानीहरू जहाँ हुन्छन् त्यो भूमि आफैमा पबित्र हुन्छ !

🌸आशा गरौं, तपाईको घर जग्गालाई पनि कुनै बास्तु पण्डितको आबश्यकता पर्दैन होला !!😂

– सन्तोष कार्की मौसुफ

आफ्नो प्रतिक्रिया लेख्नुहोला