सुनाउछौ आज एक लाइफलेसन सिकाई एक सन्त र उनका दुई वटा सिस्यहरु बाट । दुई सिस्यहरु बिच तातो-तातो बहस चलिरहेको थियोे । एक सिस्य कुरा गरिरहेको थियोे , यदि हामी यश संसारमा आएका छौ भने कि हामीलाई अधिकार छ या भनौंउत हाम्रो कर्तव्य बन्छ कि हामी यकदमै राम्रो तरिकाले कमाई गर्नु पर्दछ या पैसा कमाउनु पर्दछ त्यसपछि आफ्नो लागि र आफ्नो परिवारको लागि सुख सुबिधाका सारा साधनहरु जुटाउनु पर्छ । एकै त जीवन मिलेको छ, यसमा सुख सुबिधाको साधन यदी लिइएन भने के भयो त ?? के गर्नेत यो धर्तिमा आयर ??

त्यही दोर्सो सिस्य थियोे उ सेवा सन्तुष्टि अनि आनन्द को कुरा गरिरहेको थियोे । उ भनिरहेको थियोे जो आनन्द अरुलाई सेवा गर्नुमा अरुको भलाई मा छ उ अरु कुनै पनि चिजमा छैन । दुबैमा बहस झन चर्किन थाल्यो कुरा सन्त जि सम्म पुग्न गयो । दुबैले भने कि गुरुजी तपाईं नै फैसला गरिदिनुहोस कि म सहि भनिरहेको छु या यो सहि छ …।

त्यस पछि गुरु जि ले भने फैसला म यतिकै दिन्न एक काम दिन्छु गर्नको लागि तिमी दुबै जनालाई ।तिमिहरुले गर्नु पर्छ अन्त्यमा तिमिहरु आफै बुझने छौ कि के सहि हो के गलत हो भनेर …।

जो बिलासिताको पक्षमा बोलिरहेको थियो उसलाई एक खाली थैलो दिइयो र उहीँ जो सेवा सन्तुष्टि आनन्दको कुरा गरिरहेको थियोे उसलाई खानेपिने सामान सहितको एउटा भरिएको थैलो दिइयो । दुबैले बुझन सकिरहेका थिएननकि के पो गर्ने होला …

उनको गुरुजी ले भनेकी यहाँ बाट पचास कोष टाढा हिडेर तिमी दुबै जानू पर्छ । यो जो तिमिलाई खाली झोला दिइएकोछ बाटोमा मिल्नेवाला कुनै पनि महँगा बस्तुहरु या तिमिलाई लाग्नेवाला कामका बस्तुहरु उ यस् झोलामा राख्दै जानू र उहीँ जो सेवा सन्तुष्टि भलाई को कुरा गरिरहेको थियोे उसलाई भने तिमी संग यो खानेपिनेको सामाग्रीले भरिएको झोला छ र बाटोमा जो पनि यसको आबस्यकता भएको महसुस गर्छौ उनीहरुलाई जो दिन सक्छौं उ दिदै जानू र आफ्नो उदेश्य सम्म दुबै जना पुग्नु ।

दुबै जनाले यहि गरे जो बिलासिताको सौखिन थियोे उ हिड्न सुरु गर्‍यो । उसलाई थोरै अगाडी गयर एउटा सुनको इटटा मिल्यो । उसले फटाफट उ इटटा आफ्नो थैलोमा राख्यो । फेरि थोरै केही अगाडि गयो फेरि अर्को इटटा , फेरि तेर्सो इटटा , चौथो इटटा यस्तै गर्दै गर्दै उसको थैलो इटटाले भरिसक्यो र संगै भारी पनि भैसक्यो ।

उहीँ अर्कोतिर जसलाई भनियको थियोेकि खानेपिनेका सामाग्रीहरु जरुरी भएका ब्यक्तिहरुलाई बाड्दै जानू ,उसको थैलो बिस्तारै – बिस्तारै खाली हुदै गयो । जस्तै उसलाई बाटोमा कोही ब्यक्ती मिल्थे जसलाई देखेर उसलाई लाग्थ्यो कि यसलाई खानेकुराको जरुरी छ उसलाई उ सामाग्री दिने गर्दथ्यो र उसको थैलो खाली हुन लाग्यो ।

जसरि जसरी उसको बोझ कम हुन लाग्यो उसको लागि बाटो सजिलो हुन लाग्यो , हिड्न सजिलो हुन लाग्यो । त्यही दोर्सो तिर जो आफ्नो झोलाको बोझ बढाईरहेको थियोे उसको लागि हिड्न मुस्किल भैसक्यो । साँझ नजिकिरहेको थियोे एक – एक कदम हिंड्न मुस्किल भैसकेको थियोे ।

र निचोड यो थियोे कि फाइनल्ली उ उस बोझको साथ आधा बाटोमै लडन पुग्यो ढल्न पुग्यो …र आफ्नो उदेश्य सम्म पुग्न सकेन । यो एक सानो सिकाइ हो हामी तपाईं अनि सबैको लागि । सारा जीवन हामी चिज हरुलाई (collect ) जम्मा गर्नमा बिताइदिने गर्दछौ । जबकी तपाई ध्यान गर्नुहोला साठी बर्षको उमेर पछि कोहि पनि यो सोध्ने छैन कि बैंक ब्यालेन्स कति छ ? साठी बर्षको उमेर पछि त यहि सोधिने छ कि ” तपाईंको स्वास्थ्य कस्तो छ ? तपाइका छोराछोरी के गर्दछन ? ”

हामिहरुको असल सम्पत्ति हामिहरुको आउने वाला पिढि हो । जसलाई अझ उत्कृष्ट बनाउनमा समय र ध्यान केन्द्रित गर्न जरुरी छ । हाम्रो जो स्वास्थ्य छ जो हाम्रो अन्तिम सास सम्म हामीलाई साथ दिनेछ तर कयौं पटक हामी यिनी दुबै चिजहरुलाई छोडेर हामी यस्तो एक भागदौडमा ब्यस्त भैहाल्छौ कि सुनको इटटाहरुलाई एककट्टा , जम्मा गर्न लाग्दछौ र उहीँ इटटाहरु अन्तिममा हामीलाई हिड्न समेत मुस्किल गरिदिन्छ्न । त्यसैले तपाई ध्यान दिनुहोस् तपाईंले आफ्नो ध्यान र समय कहाँ लगाउनु पर्छ ?
उदेश्य सम्म बोझको साथ या आराम संग हलुका भएर जाने …?

आफ्नो प्रतिक्रिया लेख्नुहोला