शुक्रबार सुनको मूल्य ६ सयले बढेर ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन ९२ हजार एक सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलको १२ सय ६० रुपैयाँ तोलामा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी १२ सय ४५ रुपैयाँमा कायम थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला