नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता, कार्यकर्ता कोही नभएर माओवादी पार्टीका शीर्ष नेताहरु बि’ग्रिएको स्वीकार गरेका छन् ।

मंगलबार पेरिसडाँडामा पोष्टबहादुर बोगटी ‘दिवाकर’को ७औं स्मृति दिवस बोल्दै अध्यक्ष प्रचण्डले पार्टीका शीर्ष नेताहरु बि’ग्रिएको तर, जनता र कार्यकर्ताहरु न’बिग्रिएको र क्रा’न्तिकारी आ’न्दोलनका लागि तयार रहेको बताए ।उनले भने, ‘जनता बि’ग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बि’ग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौं ।

गु’ट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बि’ग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’साथै, पार्टीमा क्रा’न्ति आ’न्दोलनमा जाने भनेपछि जु’र्मुराएर उठ्ने पंक्ति पनि रहेको उनले बताए । उनका अुनसार क्रा’न्तिका लागि लाखौंको संख्यामा सडकमा आउन तयार रहेछन् ।

अध्यक्ष प्रचण्डले क्रा’न्तिकारी पार्टीमा नराम्रोसँग विचलन आएको पनि बताएका छन् । उनले भने, ‘हामी हिजोका वि’रासतबाट वि’चलित जस्तो भएका छौँ । वर्ग, उ’त्पी’डित जाति, समुदायका लागि सम्पूर्णरुपले समर्पित भएर ब’लिदान दिन तयार हुने पार्टी पंक्तिमा विचलन आएको छ ।’

पार्टी पंक्ति अहिले गु’ट बनाएर फाइदा लिन मात्र केन्द्रित भएको पनि उनले बताएका छन् । ‘अहिले पद, प्रतिष्ठा र व्यक्तिगत स्वा’र्थका लागि लगाव धेरै देखिएको छ,’ उनले भने, ‘गु’ट बनाउनतिर बढी जाँगर आउने, पार्टी बनाउने भन्दा गु’ट बनाउँदा फाइदा हुन्छ कि भन्ने सोच्ने प्रवृत्तिको बिस्तारै बिस्तारै विकास भएको छ ।’

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला