पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर खण्ड अवरुद्ध पारिएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको हो।स्थानीयले कारबाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका हुन्।

ठक्करबाट गम्भीर घाइते भएका साइकल चालक कृष्णपुर –५ का ४५ वर्षीय कृष्णबहादुर ऐरको मृत्यु भएको थियो। दुर्घटना बुधबार विहान ६ बजे भएको थियो। रेडक्रसको एम्बुलेन्स र भीमदत्त नगरपालिका –१६ का ४० वर्षीय चालक गणेश विष्टलाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला