मोटरसाइकल र स्कुटरको मूल्य फेरि बढ्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश खारेज गर्दै ल्याएको प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकल र स्कुटरमा अन्तःशुल्क बढाएपछि मूल्य पनि बढ्ने भएको हो ।

मन्त्री शर्माले १ सय २५ सीसी नाघेको तर २ सय सिसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्त:शुल्क वृद्धि गरेको हुन्। यस संगै अब १ सय २५ सीसी नाघेको तर २ सय सिसी ननाघेको मोटरसाइकलमा ५० प्रतिशत अन्त:शुल्क तिर्नुपर्छ, जुन यस अघि ४० प्रतिशत मात्र थियो।

त्यस्तै २०० देखि २५० सिसीको मोटरसाइकलमा अब ६० प्रतिशत अन्तशुल्क तिर्नु पर्ने छ । यस अघि १५५ देखि २५० सीसीका बाइकले ५० प्रतिशत अन्तशुल्क तिर्दै आएका थिए । त्यस्तै ५ सयदेखि ८ सय सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तशुल्क लाग्दै आएमामा त्यसलाई बढाएर १०० प्रतिशत पुर्याईएको छ।

बजाज र टीभीएसको मूल्य नबढ्ने
नेपालमै एसेम्बल हुने बजाज र टीभीएस मोटरसाइकलको मूल्य भने खासै नबढ्ने देखिन्छ । तर, प्रतिगोटा ३ हजार रुपैयाँ सडक दस्तुर शुल्क बढेको हुनाले नेपालमै एसेम्बल हुने बाइकको मूल्य पनि थोरैले बढ्न सक्ने छ ।

बजाज र टीभीएस नेपालमै एसेम्बल हुने भएकाले यीनीहरुले अन्तःशुल्कमा ५० प्रतिशत छुट पाउँदै आएका छन् । जसका कारण यी २ कम्पनीका बाईकको मूल्यमा कर, सडक दस्तुर बढ्दा पनि खासै फरबदल नहुने देखिएको छ ।

यी हुन् मूल्य बढ्ने बाइक र स्कुटर
यामाहा, सुजुकी, हिरो, होण्डा, अप्रिलिया, भेष्पा लगायतका विभिन्न ब्राण्डका विभिन्न मोडलका बाइक तथा स्कुटरमा बढेको अन्तःशुल्कले असर गर्नेछ । यी मध्ये पनि सबैभन्दा धेरै भने यामाहालाई प्रभाव पर्नेछ । यामाहाका मात्रै ८ मोडलको मूल्य बढ्नेछ ।

यामाहा एन म्याक्स–१५५ सीसी
यामाहा एसजेड–१५० सीसी
यामाहा एफजेड १६ एफआई–१५० सीसी
यामाहा एफजेड एफआई भीथ्री–१५० सीसी
यामाहा एफजेडएस एफआई डीडी–१५० सीसी
यामाहा एफजेडएस एफआई भीथ्री–१५० सीसी
यामाहा एमटी १५–१५५ सीसी
यामाहा आर १५–१५५ सीसी
सुजुकी जिक्सर एसएफ १५०–१५४.९ सीसी
जिक्सर १५०–१५४.९ सीसी
जिक्सर डीटीडीडी–१५४.९ सीसी
हिरो हंक १५० आर–१५० सीसी
होन्डा सीबी युनिकर्न–१५० सीसी
अप्रिलिया एसआर–१५४.८ सीसी
भेष्पा भीएक्सएल–१४९ सीसी
बेनेली जेन जेरो–१५० सीसी
१०० प्रतिशतसम्म अन्तःशुल्क

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला