धनियाँ हाम्रो भान्सामा हुने एक चीज हो, जसले खानाको स्वाद र बासना बढाउने काम गर्छ । यसलाई हामी तरकारी, अचार र चटपटेलगायत चीजहरूमा प्रयोग गर्दछौँ । यो स्वादका लागि नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । यसको दानादेखि पत्तासम्म विभिन्न रोगको उपचारका लागि प्रयोग गर्न सकिन्छ । अर्थात् यसमा औषधीय गुण हुन्छ ।

टाउको दुख्ने समस्या छ भने धनियाँको पेस्ट टाउकोमा राख्नुहोस् यसले फाइदा गराउँछ । यसैगरी उसले पाचनसम्बन्धि समस्या भएकाहरूका लागि पनि फाइदा गर्दछ । पाचनप्रणालीसम्बन्धि तपाईँलाई कुनै समस्या छ भने धनियाँको पाउण्डर सेवन गर्नुहोस् ।

यसका अन्य फाइदाहरू यस्ता छन् :-

१. आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन्

२. पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ । धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ । धनियाले रगतलाई शुद्धीकरण गर्छ ।

३. यदि तपाई रुघाखोकीबाट ग्रसित हुनुहुन्छ भने धनियाँको रसमा मिश्री, बेसार र चूर्ण मिसाएर पिउनुहोस् । धनियाँको दाना चबाउँदा पनि चिसो लागेको र रुघाखोकीका लागि राम्रो हुन्छ । चियामा धनियाँको प्रयोग स्वास्थका लागि निकै फाइदाजनक मानिन्छ।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला