सुनको मूल्य एक्कासी घटेपछि बजारमा सुन किन्नेको घुइँचो बढेको,

आज आइतबार नेपाली बजारमा सुन,चाँदीको मूल्य घटेको छ । शुक्रबार तोलामा १ सय रुपैयाले बढेको सूनको मूल्य आज तोलामा ४ सय रुपैयाले घटेको हो ।

शुक्रबार प्रतितोला ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको ११ सय ९५ रुपैयामा कारोबार भइरहेको छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला