सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प धक्का महशुस गरिएको छ ।शुक्रबार राति १० बजेर २ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।

बझाङ र बाजुराको सीमा सैपाल नजिक केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पबाट क्षतिको विवरण आइसकेको छैन ।

यस्तै  धादिङमा पहिरोमा परी पाँचवटा सवारीसाधन पुरिएका छन् । गाडी पुरिंदा दुई जनाको मृत्यु भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने बेनीघाट रोराङ गाउँपालिकाको १० नम्बर वडास्थित जवाङ खोलामा पहिरो जादा ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चितवन राप्ति नगरपालिकाका १८ वर्षीय बिरबल प्रजा र भारत घर भएकी सोनी देवीको मृत्यु भएको हो ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला