नारायणघाट-मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमाथि पहिरो खसेको छ। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलवीरे नजिकै जाममा रहेको ट्रकमाथि पहिरो खसेको हो। आज बिहान करिब ७ बजेतिर खसेको पहिरोले एकको एक छेउ पुरेको छ।

पहिरोले नारायणघाटबाट मुग्लिनतर्फ सामान लिएर आउँदै गरेको ग १ ख ९९६१ नम्बरको ट्रकको आधा भाग पुरेको छ। पहिरोले यात्रुबहाक एक बसमा पनि क्षति पुर्‍याएको छ।बि हीबारदेखि यो सडकखण्डका विभिन्न ठाउँमा पहिरो र ठूला ढुंगा खसेका छन्। अवरूद्ध सडक खुलाउन सडक विभाग,

प्रहरी र प्रशासन लागिपरेको छ। पानी परिरहेकोले चारकिलो, पाँचकिलो र दासढुंगालगायत ठाउँमा पहिरो खस्ने क्रम रोकिएको छैन। पहिरो हटाउँदै सडक सुचारू गर्ने काम भइरहेका छन्।

याे पनि पढ्नुहोस्
गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु
कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ । मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो।

दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । ‘मध्यपहाडी लोकमार्ग अन्तर्गत बनिरहेको बाटो हो त्यो । खहरे होलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेछ,’ उनले भने, ‘चालकले भागेर ज्यान जोगाए ।

आमाको घटनास्थलमै मृत्यु भयो ।’ घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ । पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ ।

 

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला