चितवनको पाँचकिलोमा पहिरो खस्दा राती तीन बजेदेखि यात्रु अलपत्र परेका छन् । काठमाडौँदेखि उपत्यका बाहिर जाने र भित्रिने गाडी पहिरोका कारण पाँचकिलोमै रोकिएका छन् । गएरातीदेखि रोकिएका गाडीले पाँचकिलोमा ट्राफिक जाम समेत बढेको छ।

पहिरो खस्न थालेपछि रोकिएको एउटा गाडी पहिरोमै फसेको छ । सानो जीप पहिरोले गर्दा फसेको पाँचकिलोबाट पत्रकार सरस्वती विश्वकर्माले जानकारी दिइन् । पहिरोका कारण रातभर यात्रु गाडीमै बस्न बाध्य छन् ।

अहिले डोजर आएर पहिरो पन्छाइरहेको पनि उनले बताइन् । वर्षायाममा नारायणगढ मुग्लिनको बाटोमा अध्याधिक पहिरो खस्ने गरेको छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला