काठमाण्डु उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी भएको छ ।

आज बस्ने उपत्यकाका तीन जिल्ला काठमाण्डु, भक्तपुर तथा ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यससम्बन्धी निर्णय गर्ने बताइएको छ ।

प्रमुख जिल्ला अधिकारीहरूको आइतबारको बैठकमा सार्वजनिक यातायात पनि जोरबिजोर प्रणालीमा सञ्चालन गर्नेबारे छलफल भए पनि त्यसबारे निर्णय हुन सकेको थिएन ।

काठमाण्डुका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज बस्ने बैठकले यसबारे निर्णय गर्ने जानकारी दिएका छन् । अहिलेको निषेधाज्ञाबाट संक्रमणदरमा परेको प्रभाव विश्लेषण गरी आगामी रणनीति तय गरिने उनले बताए ।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला