सामाजिक सञ्जालमा ‘फेक आइडी’ बनाइ महिलालाई अश्लिल शब्द लेखेर पठाउने एक युवक पक्राउ परेका छन्।

जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ का १९ वर्षीय डेबिट पुनलाई नक्कली फेसबुक र टिकटकमा महिलाको फोटो राखेर अश्लिल  शब्दहरु लेखी पठाउने गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अश्लिल शब्द महिलालाई पठाउने र पोष्ट गर्नेजस्ता कार्य गरेको लिखित उजुरीको आधारमा पुनलाई पक्राउ गर्नु परेको  जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए। पुनविरुद्ध दुई जना महिलाले जिल्ला प्रहरी कार्यालयमा लिखित रुपमा उजुरी दिएका थिए।

अश्लिल शब्द लेख्ने र पोष्ट गर्ने पुनलाई सम्झाउन खोज्दा उल्टै महिलामाथि पुनले हातपात तथा दुव्र्यवहार गरेको पीडितले जाहेरीमा उल्लेख गरेका छन्।

अन्य थप दुई जना महिलाले पनि मौखिक रुपमा प्रहरीमा पुनविरुद्ध जाहेरी दिएको डिएसपी रिजालले जानकारी दिए। पुनलाई असार ६ गते पक्राउ गरी अभद्र  व्यबहार कसुरमा मुद्दा चलाई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला