नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रति तोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, बुधवार चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला