नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन् ।

माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलि सभालाई मंगलवार सम्बोधन गर्दै उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धि बचाउँदै संविधानलाई सही बाटोमा हिँडाइने बताए ।

सो अवसरमा अध्यक्ष दाहालले पौडेलले कम्युनिस्ट आन्दोलनलाई ठूलो योगदान दिएको बताउँदै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

पौडेलको ९० वर्षका उमेरमा असार २ गते निधन भएको थियो।

आफ्नो प्रतिक्रिया लेख्नुहोला