बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ४ मा रहेको अस्नेहा अटोपाट्स सफा गर्ने क्रममा करेन्ट पर्वतको जलजला गाउपालिका-६ धाइरिङ घर भई उपल्लाचाैर बस्ने १९ बर्षका सागर नेपाली मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
करेन्ट लागि अचेत भएर डलेका नेपालीलाइ धाैलागिरी अस्पतालमा उपचारको क्रममा मृत भएको अस्पतालले जनाएको छ ।

मृतक नेपाली ससुराली घरमा बस्दै आएका थिए । सामान्य ज्यालामजदुरि गर्ने नेपालीका बुबा पनि महिनादिन अगाडि मात्रै मृत्यु भएकाे थियाे । मृतक नेपालीकाे शव अस्पतालमा राखिएकाे छ । पाेष्ट मार्टमको तयारि भइरहेको अस्पतालले जनाएकाे छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला