बोक्सीको आरोपमा रौतहटमा एक बृद्धा एकल महिलामाथि निर्घात कुटपिट भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुहवा टोल बस्ने ६५ वर्षीया श्रीपती देवीलाई उनकै छिमेकी संदिप महरा सहितको समुहले आक्रमण गरेका हुन् ।

शनिबार बिहान आफ्नो घरबाट शिवनगर स्थित शिव मन्दिर जानेक्रममा बाटोमा संदिप र उनका साथमा रहेका केही अन्य व्यक्तिहरुले उनलाई धारिलो हतियार र भाटाले अन्धाधुन्ध आक्रमण गरेको पीडित परिवारले आरोप लगाएका छन । आक्रमण परेर उनको टाउको , हात, कान लगायत शरीरका सबै भागहरुमा चोट लागेको छ ।

हाल उनको चन्द्रनिगाहपुर स्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । उपचारको क्रममा उनको टाउको लगायत शरिरका १० ठाउँमा ३ सय बढि टाँका लगाइएको छ । श्रीपती देवीको श्रीमानको १० वर्ष अगाडि मृत्यु भएको थियो भने उनको छोरालाई सशस्त्र द्धन्द्धको बेला तत्कालीन माओवादीहरुले

गोली हानी हत्या गरेका थिए । श्रीमानको मृत्यु भएपछि उनलाई संदिपको परिवारले बोक्सीको आरोप लगाउदै मानसिक यातना दिने गरेका थिए । आर्थिक अवस्था निकै कमजोर भएकी श्रीपती देवीको उपचारमा आर्थिक समस्या परेको छ । अहिले सिभिल अस्पतालले सामाजिक दायित्व वहन गर्दै उनको

उपचार गरिरहेपनि कति दिन अस्पतालमा बस्नुपर्ने अझै तय भएको छैनन् । घटनाको सुचना पाए लगतै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठको कमाण्डमा गएको टोलीले घटनास्थलको निरीक्षण गरी अनुसन्धान सुरु गरेको छ । घटनाका मुख्य आरोपी संदिप महरा र घटनामा

संलग्न अन्य भने फरार रहेका छन् । प्रहरीले पिडितको जाहेरीको आधारमा संदिपका बुबा जंगीलाल महरालाई नियन्त्रण लिइ सोधपुछ गरेता पनि सन्दिपलाई भने पक्राउ गर्न सफल भएको छैन् । खोजि कार्यलाइ तिब्रता दिएको चाडै नै आरोपितलाइ पक्राउ गर्ने डिएसपी श्रेष्ठले प्रतिक्रिया दिएका छन ।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला