सर्लाहीमा टिप्परको ठक्करबाट एक संचारकर्मीको मृत्यु भएको छ ।

हरिपुर्वा नगरपालिका वडा नम्बर ८ स्थित वसन्तपुर मुखिया चोकमा हरिपूर्वा तर्फ जाँदै गरेको टिप्परले विपरीत दिशा तर्फबाट आउँदै गरेको ज ७ प ९०४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी स्थित जुनतारा एफएममा कार्यरत संचारकर्मी अर्जुन कुशवाहा महतोको मृत्यु भएको हो ।

संचारकर्मी महतोको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । उनको मृत्युपछि आक्रोशित स्थानीयले टिप्परमा आगजनी समेत गरेका छन् । टिप्पर चालक भने सर्लाही प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।

यता नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले संचारकर्मी महतोको घटनाको छानबिन गरी दोषी उपर कारवाही तथा उचित क्षतिपूर्तिको व्यवस्थापन गर्न माग गरेको छ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला