पहिलेको चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले निर्देशन गर्न लागेको तेश्रो चलचित्र ‘एक्स ९’का लागि बलिउड नायक सुनिल सेट्टीलाई अफर गरिएको छ । निर्देशक भट्टले दिएको जानकारी अनुसार, सुनिलसँग एक साताको समय मागिएको छ ।

सुनिललाई खलपात्रको भूमिकाका लागि अफर गरिएको हो । सुनिलसँग मौखिक कुरा भैसकेको र यसमा उनी सकारात्मक रहेको जानकारी दिदै निर्देशक भट्टले भने–‘कागजी संझौता हामी निषेधाज्ञा खुलेपछि गर्नेछौ । उहाँ काम गर्नका लागि सकारात्मक हुनुहुन्छ । उहाँ खलपात्रमा देखिएपनि भूमिका भने सस्पेन्स छ ।’

सुनिलले दिनको पारिश्रमिक लिने भएकाले एक सातामा नै उनको छायांकन सक्ने योजना निर्माणपक्षको छ ।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला