समाचार

खोला किनारामा पुरुष मृत अवस्थामा फेला, हेर्नुहोस को हुन

स्याङ्जा स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ३ स्थित आँधिखोलामा अन्दाजी ४५÷५० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । केही दिनदेखि परेको वर्षका कारण बढेर आएको आधिँखोलाले ती पुरुषलाई बगाएर ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आँधीखोलाको बीच भागमा उठेको ढिस्कोमा पुरुषको शव भेटिएको हो ।लास पोस्टमार्टमको लागि गह्रौँ प्राथमिक अस्पताल वालिङमा लगिएको र मृतकको सनाखत गर्ने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय

स्याङ्जाका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए। आँधीखोला बढेर आएसँगै माथितिरबाट बगाएर ल्याएको हुनसक्ने भएकाले उक्त ठाउँभन्दा  बस्तीहरुमा पहिचानका लागि सूचना गरिएको प्रहरी प्रवक्ता अधिकारीले बताए।

आफ्नो प्रतिक्रिया लेख्नुहोला