हामीलाई जाडो भएमा हाम्रो शरीर काँप्ने गर्दछ । यसरी शरीर काँप्नु मांशपेशीको एक स्वचालित गति हो । हाम्रो शरीर काँप्दा शरीरका मांशपेशीहरू तेज गतिमा फैलने र खुमचने गर्छन । हरेकपटक मांशपेशी खुम्चिने क्रममा उक्त मांशपेशीका कोषिकाहरूमा खाद्य र ऊर्जाको अधिक खर्च हुन्छ ।

यसको कारणले ताप उत्पन्न हुन्छ । त्यसैले काँप्नु शरीरको एक यस्तो प्रक्रिया हो, जसमा मांशपेशीहरूले सामान्य अवस्थामा भन्दा बढीकार्य गर्दै शरीरलाई न्यानो राख्छन । यसै कारण जाडोमा शरीरलाई न्यानो राख्नको लागि हाम्रो शरीर काँप्छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला