सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीले निकै ठुलो धनजनको क्षति भएको छ । चार दर्जन बढी मानिसहरु बेपत्ता भएका छन् । अर्बौको धनमाल क्षति भएको छ ।इन्द्रावती र मेलम्ची नदीमा आएको भीषण बाढीले मेलम्ची बजार लागायत क्षेत्रमामा
आज बिहान पुराएको क्षतिको प्रत्यक्ष प्रसारण । पुल, पार्क, कभर्ड हल लगायत अरबौंको भौतिक क्षति ।

मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाउनुको साथै नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण रुपमा उडाएको र नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पुर्‍याएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।उद्धार तथा राहतका लागि सरकारी टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ ।

केही तस्बिर हेर्नुहोस यस्तो क्षति पुराएको छ:

आफ्नो प्रतिक्रिया लेख्नुहोला