यस वर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को मूल्यांकन गर्दा विद्यार्थीलाई ८० भन्दा धेरै अंक दिए त्य्स्को कारण्सहित बताउनु पर्ने छ।

शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दिए त्यसको कारण खुलाउनुपर्ने व्यवस्था राष्ट्रिय परीक्षा बोर्डले गरेको हो। बोर्डले गत वर्ष जस्तै यस वर्ष पनि एसइईका विद्यार्थीको मूल्यांकन गर्ने जिम्मा सम्बन्धित विद्यालयलाई नै दिएको छ।

कोभिड महामारीको कारण गत वर्षजस्तै यस वर्ष पनि एसइई परीक्षा सञ्चालन हुन नसकेपछि सरकारले विद्यालयको आन्तकिर मूल्यांकनकै आधारमा विद्यार्थीको नतिजा सार्वजनिक गर्ने तयारी अघि बढाएको छ।

केही दिनअघि बसेको बोर्डको बैठकले कुनै पनि विषयमा विद्यार्थीले ८० भन्दा बढी अंक ल्याए शिक्षकले त्यसको कारण खुलाउनुपर्ने नियम बनाएको हो। गत वर्षको मूल्यांकनमा विद्यालयले जथाभावी अंक दिँदा विद्यार्थीको मूल्यांकनमै प्रश्न उठेपछि यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ।

बोर्डका प्रवक्ता जंगबहादुर अर्यालका अनुसार विगतबाट पाठ सिक्दै ८० नम्बर भन्दा माथि अंक दिने शिक्षकले आफूले नम्बर किन र कुन आधारमा दिएको भन्नै प्रमाणसमेत पेश गर्नुपर्ने कार्यविधि बनाइएको छ।

‘गत वर्ष विद्यालयले विद्यार्थीको मूल्यांकन गरी बोर्डलाई पठाएको नतिजामा धेरै दुरूपयोग भएको पाइएको थियो। हामीले शिक्षकमाथि विश्वास गर्यौं, तर उहाँहरुले मर्यादा कायम राख्नुभएन,’ अर्यालले भने, ‘कहिल्यै जिपिए ४ नल्याउने विद्यार्थीले पनि ४ ल्याएको देखियो। यस्तो विकृति रोक्न यस वर्षदेखि यस्तो व्यवस्था गरिएको हो।’

विद्यार्थीको मूल्यांकनको मार्यादा कायम राख्न यसपटक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा पाँच सदस्यीय मूल्यांकन समितिसमेत गठन गर्ने व्यबस्था गरिएको बोर्डले जनाएको छ। प्रधानाध्यापक संयोजक रहेन उक्त समितिमा सम्बन्धित विद्यालयका गणित, अंग्रेजी, विज्ञान विषय पढाउने शिककका साथै एकजना वरिष्ठ शिक्षक रहने व्यवस्था गरिएको छ।

एसईई आन्तरिक मुल्यांकनको आधार !एसईई मा विषय शिक्षकले विद्यार्थीलाई निर्माणात्मक २० प्रतिशत (विद्यार्थीकोहाजिरी, प्रस्तुतिलगायत), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मक २५ प्रतिशत अंक दिन सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ। विद्यार्थीको अत्यधिक मूल्यांकन गरिएको गत वर्षको गुनासो कम गर्नलाई बोर्डले यसपटक चही धेरै मूल्यांकन गरिए कारण खोल्नुपर्ने प्रावधान राखेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबौ कार्य सकेर साउन्को १५ गते भित्रै प्रकाशन गर्ने गरि बनएको छ कार्यसुची।त्यसका लागि यही असार १५ गतेसम्म देशैभरीका विद्यालयहरुले विद्यार्थीको मूल्यांकन नतिजा केन्द्रमा पठाइसक्नुपर्ने हुन्छ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला