– धनुषामा चिन्जानी नभको व्यक्तिले धारिलो हतियार (खुकुरी) प्रहार गर्दा एक जना घाइते भएका छन् ।

शहिदनगर नगरपालिका-८ नाथपट्टी बस्ने ७० वर्षीय रामअवतार यादव चिन्जानी नभको व्यक्तिले आइतवार राति धारिलो हतियार(खुकुरी)प्रहार गर्दा गम्भीर घाइते भएका छन् ।

आफ्नै घर नजिकै रहेको गोठमा सुतिरहेको अवस्थामा चिन्जानी नभको व्यक्तिद्वारा यादवलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चोराकोयलपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि जनकपुरतर्फ पठाएको छ ।

जे भएपनी अहिले अभियुक्तको खोजी गर्दै छन र साथसाथै यस सम्बन्धमा प्रहरीले गहिरो अनुसन्धान भइरहेको बताएको छ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला