राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबौ कर्य सकेर साउन्को १५ गते भित्रै प्रकाशन गर्ने गरि बनएको छ कार्यसुची।

विद्यालयले गरेको विद्यार्थीको आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउनको १५ गते भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारीका साथ काम सुरु हुने बोर्डले जनाएको छ।

बोर्डले विद्यार्थी मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गरेको हो। सही कार्यविधिका आधारमा विद्यालयबाट विद्यार्थीको अन्तिम आन्तरिक मूल्यांकन हुनेछ।

कार्यविधिअनुसार विद्यालयले असार २० भित्र आन्तरिक मूल्यांकनका सबै कार्य पूरा गर्नुपर्ने समयसीमा तोकिएको छ। विद्यालयले २० गतेभित्र विद्यार्थीको अन्तिम मूल्यांकनसम्बन्धी अभिलेख जिल्ला समन्वय एकाइमा बुझाउनुपर्ने समयसीमा निर्धारण गरिएको छ।

समन्वय समितिले जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी असार मसान्तभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ। सबै जिल्लाबाट अभिलेख निर्धारित समयमा आएको १५ दिनभित्र अन्तिम नतिजा प्रकाशन गर्न सकिने बोर्डले जनाएको छ।

विद्यार्थीको अन्तिम आन्तरिक मूल्यांकन विद्यालयले नै गरे पनि नतिजा प्रकाशन, प्रमाणपत्र जारीलगायतको काम राष्ट्रिय परीक्षा बोर्डले नै गर्नेछ ।

बोर्डले यस पटक विद्यार्थीको आन्तरिक मूल्याङ्कनलाई केही फरक गर्दै मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाएको छ । सोअनुसार विद्यार्थीको अन्तिम मूल्यांकन गर्न विद्यालयमा पाँच सदस्यीय समिति बनाउनु पर्नेछ ।

समितिमा विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अंग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जनाको मूल्यांकन समितिबाट विद्यार्थीको अन्तिम मूल्याङ्कन प्रमाणित गरिनेछ ।

एसईई आन्तरिक मुल्यांकनको आधार !एसईई मा विषय शिक्षकले विद्यार्थीलाई निर्माणात्मक २० प्रतिशत (विद्यार्थीकोहाजिरी, प्रस्तुतिलगायत), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मक २५ प्रतिशत अंक दिन सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ। विद्यार्थीको अत्यधिक मूल्यांकन गरिएको गत वर्षको गुनासो कम गर्नलाई बोर्डले यसपटक चही धेरै मूल्यांकन गरिए कारण खोल्नुपर्ने प्रावधान राखेको छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला