काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा अझ एक हप्ता लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याएर असार ७ गतेसम्म पुर्याएको छन ।

उपत्यकाभित्र कोरोना संक्रमितको दर अलि कम भयेता पनि जोखिम अझ उच्च नै भएको करण्ले निषेधाज्ञा एक हप्ता लम्बाएइयो। यो बाहेक अरु उपाय देखेनन्।पुर्न रुप्ले कोरोना नघटेसम्म सबै थोक खोल्न नदिने भन्ने छ।

यसपटक भने केहि क्षेत्रलाई खुकुलो पारिएको छ । जसमा पुस्तक पसल, हार्डवेयर पसल, अनलाइन डेलिभरी र होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न दिने भएको छ । पहिले खाद्यान्न पसल बिहान ९ बजेसम्म मात्रै खोल्न दिइन्थ्यो भने अहिले खाद्यान्नका पसल पनि बिहान ११ बजेसम्म खोल्न पाइने छ । उपत्यकामा पछिल्लो समय थपिएको निषेधाज्ञा भोलिदेखि सकिदैंछ।अब देखि इनै नियम लागू हुँदै छ।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला