पोखरामा आइतबार एउटा दूध बोक्ने जीपमा अचानक आगलागी भयो। ग२च ९३७५ न गरे को दूध बोक्ने जिपको पछाडी भागमा अचानक आग्लागी भयो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव निरीक्षक (डिसिपी) सुवास हमालले दिएको जानकारी अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन किन भने जिपको पछिल्लो भागमा मत्र आगो सिमित रह्यो।

पोखरा महानगरपालिका वडा नं. २ को अर्चलबोट चोक नजिकै दूध बोक्ने जीपमा तेल हालेर निस्कने क्रमा आगलागी भएको डिसिपी हमालले जानकारी दिए ।

प्रहरी, स्थानीय र दमकलको सहायताले आगलागि नियन्त्रण गरिएको बताइन्छ । जीपको पछाडि भागमा मात्र आगलागी भएकाले कुनै ठुलो क्षति नभएको पाइन्छ भन्ने बताए।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला