उपत्यकामा अझ एक हप्ता निषेधाज्ञा थप्ने भन्ने कुर छ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको (शुक्रबार ) बसेको अनौपचारिक बैठकले आलिकती खुकुलो बनाएर निषेधाज्ञा थप्ने भन्ने बरेमा छलफल गरेका थिए।

निषेधाज्ञा थप्नेबारे बारे आज आईतबार पुःन बैठक बसी निर्णय गर्ने बताईएको छ ।  कुन–कुन क्षेत्र खुलाउने तथा कुन कुन क्षेत्र नखुलाउने भन्नेबारे कुनै निर्णय नभएको जनाईएको छ ।  बिहान ९ बजेसम्म खुल्दै आएका खाद्यान्न र तरकारी पसलको समयावधि भने केहि समय थप गर्ने बुझिएको छ ।

यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार  निश्चित समय तोकेर  विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल खुलाउने, कृषि र विकास निर्माणका क्षेत्रमा पनि आवश्यक सतर्कता अपनाइ खुकुलो बनाइने छ ।

कोभिड -१९ को महामारीको जोखिम अझै उस्तै रहेकाले केहि खुकुलो बनाएर थप एक हप्ता निषेधाज्ञा थप्नेबारे छलफल भईरहेको जनाईएको छ । पछिल्लो पटक काठमाडौ उपत्यकामा थपिएको निषेधाज्ञा आउँदो ३१ गते राति १२ बजेदेखि सकिदैँ छ ।कुरो यहि हो कि  निषेधाज्ञा केही खुकुलो पार्ने तयारीमा मात्रै सरकार रहेको पूर्ण रुपमा खुल्ला गर्ने अवस्थामा भने नरहेको छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला