हामी कुरा नबुजी बोल्न भएन भन्नाले को सत्य हो र को झुट हो भने र तर यो देश म के भैराखेको हो।

आफ्नो घर को रानी बनाएर राखेको एउटी छोरी कसैको घरको नोकरानी भन्दापनि तल गिरेर बस्नु पर्छ यो समाज मा। ति बाबु आमा जसले आफ्नो सुन्दरफुल कसैको बगैंचा मा पठाउनु हुन्छ कसैले चुडिदेला कि कसैले निमोठिदेला कि भन्ने पिर आखिर कहिले सम्म? हाम्रो समाजमा अत्याचार घटाउन त सकिन्न किनकि कसैको घर बाट आएकी अर्काकी छोरीको कसैलाई माया हुन्न त्यसैले हरेक बाबु आमा आफ्नी छोरीलाई कर्तब्य सिकाउदै गर्दा कृपया उनीहरुलाई परेको मानसिक शारीरिक पिडा को पनि खुलेर बिरोध गर्न सिकाउनुहोस ताकि कुनै पनि छोरी अरुको घर मा गएर यसरि विभत्स रुप मा मारिनु नपरोस।

  • सत्य हो कि गलत

हरेक बाबु आमा हाम्रा लागि त महान नै हुनुहुन्छ नि तर किन बुहारी को लागि सधै खराब बन्नु हुन्छ ? आफ्नो सासु ससुरा खराब देख्ने नन्द आमाजू आफ्नी आमाले त्यो भाउजु बुहारी माथि गरेको दुर्व्यबहार किन देख्दैनन? उल्टै बाउ आमाको कुरा सुनेर नानाथरी मानसिक तनाब दिन किन छोड्दैनौ आखिर कसैको मानसिक अनि शारीरिक पिडा ले तिमीहरुलाई के मिल्छ ? आज हजारौ सबिता भण्डारी ले तिमीहरु जस्तो नबुझ्ने घर पाएर अकाल मै ज्यान गुमाउनु परेको छ आखिर यो विभेद कहिले सम्म ? दोसीलाइ कारबाही गर्न यो सरकार किन पछाडी हट्दै छ के अझै हरेक नारीले आफ्नो ज्यान गुमाउने पर्ने हो? एउटा अबोध बालक जसको बाल्यकाल मै आफ्नो खुसि खोसिएको छ त्यो सानो बच्चा ले सम्म आमाको माया पाउन बाट बन्चित भयो तपाई हाम्रो सानो प्रयास ले यहाँ हरेक बुहारी शुरक्षित हुन सक्छन् । त्यसैले आफुले सक्ने प्रयास आफ्नो ठाउ बाट गर्नुहोस।

हामी त्यसै त बोल्नु भएन तर पर्माण छ भने मात्र ढुक्क भएर बोल्ने हो। ताकी अब आउदो दिन देखि यस्तो देख्नु वा सुन्नु नपरोस। अरु ठुला ठुला ब्यक्ती र समाचार मा सबिताको केश मा कोइ पनि बोलेको छैनन् ।हामी साना साना मत्र बोल्छौ त्यसैले तपाईं हरुले सक्दो शयर गरौ।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला