२९ जेठ– गोरु काटेको आरोपमा बागलुङको गलकोटबाट गोरु कटेको भन्दै १० जना पक्राउ गरेको छ्न्। गलकोट नगरपालिका वडा नं. ११ रिघाका उनीहरुलार्इ लाका प्रहरी कार्यालय हरिचौरले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार दिउँसो उनीहरुले गोरु काटेर खाएको भन्ने सूचना पाएपछि गएको प्रहरीले स्थानीय बिष्णु श्रीष, लालबहादुर श्रीष, मोहन श्रीष, तुलबहादुर श्रीष र यमबहादुर श्रीषलाई पक्राउ गरेको हो । त्यस्तै टंक सुनार, मनोज श्रीष, झमबहादुर काउचा, बलबहादुर बिक र बेलबहादुर श्रीष समेत पक्राउ परेको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरिक्षक अर्जुनबम मल्लले बताए । पक्राउ परेकालाई जिल्ला प्रहरीमा पठाइएको छ।

गोरु, गाई र अन्य जनावरहरु जुन काट्न हुदैन तेस्तो मनिसलाई प्रहरीले पक्राउ गर्छन् ।त्यसैले यस्ता जनावर हरु मर्न अप्राध हो।

आफ्नो प्रतिक्रिया लेख्नुहोला