ज्ञानेन्द्र शाही र उनको ड्राइभरलाई कुटपिट भयो भन्ने खबर छ भगवान उहाँ लाई सकुशल होस् भन्ने आशा छ।यो खबर हामीले सामाजिक अभियन्ता ज्वाला संग्रौलाको फेसबुक स्टाटस अपडेट बाट लिइएको हो।उहाँ लेख्नु हुन्छ,”भर्खरै ज्ञानेन्द्र शाही सरसंग कुरा भयो। एकदम नराम्रो संग कुटपिट भएको रहेछ ! रोईरहनु भएको छ । ड्राईभरको स्थिति जात्रै छ रे! ज्ञानेन्द्र सर बल्लबल्ल उम्केर हस्पिटल जादै हुनुहुन्छ ! तिम्रा गुण्डा राजको अन्त्य गर गद्दारहरु !”

स्वास्थ्य सामाग्री वितरणका क्रममा वितरणका क्रममा यति बेला देशका विभिन्न दूर-दराजमा पुगीरहेका छन् ज्ञानेन्द्र शाही। यसैक्रममा केही दिन अघि उनी अहिले प्रदेश नं.४ को चितवन जिल्ला पुगेका थिए।आफू यस भन्दा अघि चितवन जिलामै आक्रमण भएको सम्झना गर्दै उनी भन्छन्,म आक्रमण भएको जिल्ला यहि हो,खै के गर्न सकिन्छ र,वैगुनीलाई गुनले मा’र्नु’पर्छ नि भनेर सहयोग सामाग्री समेत लिएर दिएका थिए।

काठमाडौ भन्दा बाहिर दूर-दराजमा जहाँ अक्सिजन नपुगेर अकालमै जीवन गुमाउनुपर्ने अवस्था हुन्छ त्यस ठाउँमा अक्सिजन प्लान्ट नै लगेर राखिदिने र अक्सिजन उत्पादन गर्ने उद्धेश्य अनुरुप यस कामको सुरुवात गरेको अभियन्ता ज्ञानेन्द्र शाही अहिले देशव्यापी रुपमा पहिलो कार्यक्रम लिएर अहिले खटिरहनुभएको छ। यस पश्चात् प्रदेश नम्बर एक र प्रदेश नम्बर २ मा यो सेवा विस्तार गरिने भनेर उहाँले बताउनुभएको थियो र हामी आउनेछौँ भन्दै सबैले सम्पर्क राख्न सक्नुहुनेछ भनेर पनि उहाँले बताउनुभएको थियो।

उहाँले हामी म’रेका छैनौं र हामी नमरेसम्म दूर-दराजमा र गल्ली गल्लीमा पुगेर तपाईंका लागि तयार रहनेछौँ भन्दै आश्वासन समेत दिनुभएको थियो।दुई वर्षसम्म मेसिनको वारेन्टी रहेको र चार देखि पाँच वर्ष मेसिनले काम गर्ने र उक्त मेसिनबाट बाफ लिन पनि मिल्ने मेसिन वितरण गर्दै आउनुभएको थियो।

यतिखेरको अवस्थामा महामारी फैलिएको छ र यो बेला यो देश,यो राष्ट्र,विभिन्न संघसंस्था र अभियानहरूले राष्ट्रका नागरिकहरूको जीवन बचाइरहेका छन्।तर दुखलाग्दो कुरा चाहिँ जति सरकारले गर्नुपर्ने हो त्यति नगरेको अवस्थामा आज यो देशका नागरिकहरू दूर-दराजमा छन्।सबै नागरिकहरू काठमाडौ मा मात्रै छैनन्,दूर-दराजमा पनि अक्सिजन नपाएर,अत्यावश्यक स्वास्थ्य सामाग्री नपाएर सैयौँ दाजुभाइ तथा दिदीबहिनीहरू प्रत्येक दिन हामीले गु’माइरहेको अवस्था छ।

यस अवस्थामा हामीले कसरी नागरिकहरूको जीवन रक्षा गर्ने,यतिखेरको समय भनेको एक-अर्कालाई विवाद गर्ने, आरोपप्रत्यारोप गर्ने समय होइन,यतिखेरको समय भनेको सबै नागरिक मिलेर एक अर्काको जीवन रक्षा गर्ने समय हो।त्यसकारण अहिलेको समयमा बोधीसत बिहारले देशका विभिन्न ठाउँमा खाद्यान्न तथा स्वास्थ्य सामाग्रीहरू सहयोग तथा वितरण गरिरहेको छ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला