नेपालमा कोभिड-१९ का कारण एक जना नेपालीको निधन भएको छ । प्रेम (कृष्ण) केसी गुल्मीको वामी घर भएको कोभिड संक्रमणको कारण मृत्यु भएको हो ।

नेपालबाट जापान फर्कने क्रममा नारिता विमानस्थलमा गरिएको कोभिड परीक्षणमा संक्रमणको पुष्टि भएको थियो । केसीको उपचारको क्रममा निधन भएको हो । जापानमा कोभिड संक्रमणबाट मृत्यु हुने नेपालीको यो पहिलो घटना हो । केसीका जेठा छोराको २ महिना अघि नेपालमा कोभिड संक्रमणबाट निधन भएको थियो ।

अस्पतालमा ४५ दिन राखेर उपचार गरे तर फोक्सोमा सुधार आउन नसकेपछि निधन भएको केसीका आफन्त सुरेश केसीले बताए । शुक्रबार जापानमा केसीको शव अन्त्येष्टि गरिएको छ ।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला