दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ टिकरी निवासी पुर्ण वलीले पेस्तोल भारतबाट ल्याएको प्रहरी समक्ष बयान दिएका छन । बयानका क्रममा वलीले तीन महिना अघि भारतको पटनाबाट ४० हजार भारतीय रुपैयाँमा खरिद गरेर ल्याएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए।

संयोगवश गोली उनलाई लागेन । गोली प्रहार गरी मोटरसाइकलमा भाग्दै गर्दा वली र मोटरसाइकल चलाउने २१ वर्षीय आकाश चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तलुसीपुरका प्रहरी निरीक्षक झलक शर्माले लोकान्तरलाई जानकारी दिए । प्रहरीले दुवै जनालाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।

‘असवारा बनारी कुलो निर्माणको क्रममा अमिनसहितको टोली नापजाँचमा थियो’ शर्माले भने, ‘नापजाँच भइरदा वलीले कुलोले आफ्नो जग्गा मिचेको भनेर गोली चलाएको देखियो । पूर्ण ओली गोली चलाएर भाग्दै गर्दा पक्राउ गरिएको मोटरसाइकलमा भाग्दै गर्दा चौधरीले चलाएको थियो ।’ उनीहरुमाथि अनुसन्धान हुँदैछ । उनीहरुलाई इप्रका तुलसीपुरमा राखिएको छ ।

उनीहरूलाई शुक्रबार दिउँसो टिकरी नजिकै अश्वारा गनारी कुलोबाट पक्राउ गरिएको जानकारी दिए । उनले जग्गा विवादमा गोली चलेको बताए । तर, कसलाई गोली प्रहार गरिएको हो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।तर ओलीले कुलोपानी बिबादमा आफ्नो जग्गा छाडेर नया कुलो खन्न अमिन मिलन केसिलाई भनेकोमा उनले नमानेपछि केसिलाइ लक्षित गरेर गोलि चलाएका हुन भन्ने जनाए।

आफ्नो प्रतिक्रिया लेख्नुहोला