सबैलाई थहा छ कि एक वर्ष पहिलेदेखि नै कोरोना महामारीको लहर चलेको थियो। तर हाम्रा नेताहरू महामारी रोक्न भन्दा सत्ताका लागि पार्टीका मिटिङ गर्न व्यस्त थिय।
मनिसहरुले पसलमा या अरु कतै धेरै भिडभाड गरिरहेको देखिन्छ अब मनिसहरु नै सावधान नभएसम्म कसरी पहिला जस्तो हुन्छ् । कहिले भने त सरकारले नै भीडभाड गर्दै कहिले धरहरा उद्घाटन त कहिले राम सीताको मूर्ति स्थापना गर्ने भन्दै ठूलो जुलुस आयोजना गरे।यसरी भीडभाड गर्दा कोरोना महामारीको जोखिम कायमै रहेको छ।
यो संकटको बेला अस्पतालमा उपचार गर्न पनि धेरै गाह्रो छ।अहिले कोरोनाबाट संक्रमित हुनेको संख्या घट्दै गएको भए पनि तेस्रो लहरबाट बालबालिकालाई ठूलो खतरा हुनसक्छ। बालबालिका लागि खोप समेत बनेको छैन। त्यसैले, पछि केही गुमाएर पछुताउनुभन्दा अहिले नै सावधान हुनु र सुरक्षित बस्नु नै बुद्धिमानी हुन्छ।
अब हाम्रो देशका नेता र सरकारले देश र जनताको सुरक्षाभन्दा पनि आफ्नै कुर्ची ठूलो छ भन्ने जस्तो गरेका छन्। सरकारले आफ्नो पद बचाउनका लागि ध्यान दिँदा कोरोना नियन्त्रण गर्न कमै मात्र ध्यान दिएका छन र यस्तो बेलामा पनि बिहे, वर्तबन्ध, भोजभतेर जस्ता कार्यक्रम गरिरहेँ। यस्तो गरियो भने पछि ठूलो पछुतो हुन सक्छ। त्यसैले, घटना घट्नुभन्दा पहिले नै सावधानी अपनाउन जरूरी छ।
अहिले कोरोनाले २०७२ को भुकम्पले भन्दा धेरै क्षति पुर्याइसकेको छ। यस्तै भइरह्यो भने अब कति गाह्रो हुन्छ भनेर सोच्न पनि कठिन भइसक्यो। अहिले हाम्रो देश कोरोनाले मात्र हैन, राजनीतिले पनि ध्वस्त भइसक्यो। कोरोना माहामारीमा पनि देशको चिन्ता नगरी राजनीतिमा धेरै ध्यान दिएका छन्। त्यसैले, नागरिक आफैँले नै सावधानी अपनाउनु पर्छ र कोरोना महामारीबाट जोगिनु पर्छ।
यो समय घुमफिर गर्ने समय होइन। यो समयमा महामारीबाट बचेर परिवारलाई सुरक्षित राखौं। मनका इच्छा पछि पनि पुरा गरौंला। यो सङ्कटको समयमा दैनिक मजदुरी गर्नेलाई एक छाक कसरी खाने भन्ने कुराको पीर छ। मानिसहरूलाई बिहान-बेलुका खान पनि धौ-धौ परेको छ। यस्तो अवस्थामा सरकारले उनीहरूलाई सहयोग गर्नुपर्छ र बाँच्न पाउने अधिकारको संरक्षण गर्नुपर्छ।
हामीले पनि आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं। सबै मिलेर यो संकट पार गरौं। हामीले अहिले सावधानी अपनाएनौं भने भोलि फेरि पछुताउनु पर्छ। तेसैले हामी सतर्क र सवधान रहौ।