– प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिमण्डललाई पूर्णता दिदा एमाले नेता योगेश भट्टराई निकट मानिएका सांसद पनि समेटिएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबारको  मन्त्रिमण्डल बिस्तारका क्रममा माधवकुमार नेपाल समुह भित्रका मानिएका योगेश भट्टराई निकटका सांसद गणेश पहाडीलाई पनि मन्त्रीको जिम्मेवारी दिनु भएको हो ।

सांसद पहाडीलाई बिहीबार मन्त्रिमण्डललाई पूर्णता दिने क्रममा प्रधानमन्त्री ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाइ दिनु भएको छ। नेता योगेश भट्टराई निकटका सांसद मानिनु हुन्थ्यो ।

उहाँले प्रधानमन्त्री ओलीले दास्रो पटक संसद विघटन गरेको प्रति खारेजी माग गर्ने र र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तको विषयमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्दा नेता भट्टराई जसरी नै हस्ताक्षर नगर्ने सांसद हुनुहुन्छ ।

नवनियुक्त मन्त्री पहाडी नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुनुहुन्छ ।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला