नेपाली वरिष्ठ गाएक दिप श्रेष्ठ कोरोनाको संक्रमणको कारण विगत १६ दिन देखि अस्पतालमा उपचाररत थिए । कोरोना संक्रमण भएको केही दिनमा उनको शरीरमा अक्सिजनको मात्रा घट्दै गएपछी अस्पताल भर्ना गरिएको थियो । झन्डै दुइ साता उनलाई अक्सिजन सहितको आइसीयुमा राखेर उपचार गरिएको थियो । पछिल्लो दिनमा निक्कै सुधार आउदै गएपछि उनलाई मंगलबार अस्पतालबाट डिस्चार्ज गरीएको हो । डिस्चार्ज पश्चात अस्पताल निस्कदा स्वास्थ्यकर्मीले उनको विदाई गरेका थिए ।

‘द भ्वाइस अफ नेपाल’ निर्देशक लक्ष्मण पौडेलले स्वास्थ्य अवस्था सामान्य भएसँगै श्रेष्ठलाई अस्पतालले आज दिउँसो डिस्चार्ज गरेको जानकारी दिए । अब उनलाई भ्वाइस अफ नेपाल सिजन ३ को आउदो श्रंखलाहरुमा देख्न सकिनेछ । डिस्चार्ज हुनुअघि उनको पुनः कोरोना परीक्षण गरिएको छ । त्यसको रिपोर्ट भने आइसकेको छैन् । गायक दीप ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणदेखि नै निर्णायकको रूपमा रहँदै आएका छन् ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला