विभिन्न अनलाइन न्युज पोर्टलहरुमा प्राप्त समाचार अनुसार भारतीय पक्षको पकड रहेको पहाडी क्षेत्रमा नेपाली सेनाले बाटो निर्माण गरेको छ । सेनाले घाँटीबगर इलाकामा कडा चट्टानले बनेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ। उक्त जमीन भारत ले आफ्नो हो भनी दाबी गर्दै आइरहेको छ । छिट्टै नै ५५० मिटर उक्त गोरेटो बाटोको ट्ययाक खोलिसक्ने सेनाको तयारी छ । भारतले सडक निर्माणका क्रममा अबरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो लामो समय देखि सो मार्ग अवरुद्धहुँदा व्यासको छांगरु र तिंकरका बासिन्दालाई आवतजावत गर्न स’मस्या थियो । यही समस्यालाई मध्यनजर गर्दै बाटो निर्माणको लागि ट्रयाक खोल्न लागिएको बताइएको छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला