दक्षिण अफ्रिकामा ३७ वर्षीया एक महिलाले एकैपटक १० वटा सन्तानलाई जन्म दिएकी छन्।

गोसियम थमारा सिथोल नाम गरेकी ती महिलाले राजधानी प्रिटोरियाको एक अस्पतालमा सोमबार राति तीन छोरी र सात छोरालाई एकैसाथ जन्म दिएकी हुन्। एउटा रिटेलस्टोर म्यानेजरको काम गर्ने गोसियामीले पहिले पनि जुम्ल्याहा सन्तान जन्माएकी थिइन्।

गाउटेङ प्रान्तको सामाजिक विकास विभागले पनि ती महिलाले १० सन्तान पाएको पुष्टी गरेको छ। पूरा अवधि नपुगी जन्मिएका बच्चाहरूलाई अहिले अस्पतालमै राखिएको छ।

दक्षिण अफ्रिका सरकाले एकैपटकमा १० शिशु जन्माएर विश्व रकर्ड राखेको या नराखेको भन्ने बारे अझै तथ्य रेकर्ड भेटिन बाँकी रहेको जनाएको छ।

उनले अब जन्मेका बच्चाहरूलाई आफू र श्रीमानले हुर्काउन नसक्ने भन्दै सहयोगको अपिल गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यसअघि गत महिना अफ्रिकी मुलुक माली एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएकी थिइन्।

मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएकी हुन्।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला