यही जेठ २५ गते (मंगलवार) बाट देशभर कोरोनाविरुद्धको खोप भेरोसेल लगाउन थालिएको छ । चीन सरकारबाट ल्याइएको १० लाख डोज कोरोना खोप काठमाडौं उपत्यका बाहिरका अन्य जिल्लाहरुमा ६२, ६३ र ६४ वर्षका व्यक्तिहरुले लगाउन पाउनेछन् । त्यस्तै काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुले लगाउन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् ।

कस्ता व्यक्तिले लगाउन पाउँछन् भेरोसेल ?

-काठमाडौं उपत्यकामा पहिलो डोज भेरोसेल लगाएका र दोश्रो डोज लगाउने बेला उपत्यका बाहिर भएकाहरु ।

-यसअघि खोप लगाउन छुटेको स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी तथा इन्टर्नहरु ।

-तिब्बतसँग सीमाना जोडिएका सबै पालिकाहरुमा १८ वर्ष माथिका सबै व्यक्तिहरु ।

-हिमाली जिल्लाहरुमा यसअघिको ५५ वर्ष माथिको खोप कार्यक्रममा खोप लगाउन छुटेकाहरु ।

-यसबारे थप जानकारी लिन आ-आफ्ना जिल्ला स्वास्थ्य कार्यालय, पालिका तथा खोप केन्द्रमा सम्पर्क गर्नुपर्छ ।

-खोप लगाउन जाँदा, आफ्नो उमेर खुल्ने सरकारी परिचयपत्र, वडाको सिफारिस, पहिला खोप लगाएको खोप कार्ड बोकेर जानुपर्छ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला