आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नका लागि हामीले विभिन्न कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । खानपिउँन देखि लिएर अन्य विभिन्न कुराहरुमा ध्यान दिनु आवश्यक हुन्छ । त्यसमध्ये खाना मानिसको आधारभुत आवश्यकता हो । स्वस्थ शरीरको साथै मानिसमा स्फूर्ति बढाउँनको लागि सन्तुलित खानाको आवश्यकता पर्दछ । तर, यही खाना खाएपछि थोरै सावधानी अपनाउँन सकिएन भने स्वास्थयमा नराम्रो असर पर्न सक्छ ।

त्यसैले खाना खाने बित्तिकै यस्ता काम नगर्नुहोस्:

चिया, कफी- चिया तथा कफीमा एसिडको मात्र बढि हुने भएकोले यसले शरीरमा प्रोटिनको मात्रालाई नोक्सान पुर्याउँछ जसका कारण खाना पचाउँनमा समस्या निम्त्याउँछ ।

खाना खाने बिति्तकै नसुत्ने- खाना खाए लगत्तै सुत्दा खाएको खाना राम्रोसँग पच्न सक्दैन । जसले गर्दा मोटाउने, तथा ग्यासि्ट्रकको समस्या हुनका साथै पेट लाग्ने समस्या पनि बढ्छ ।

धुम्रपान नगर्ने- हुनत जुनसुकै समया पनि धुम्रपान गर्नु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । त्यसमा पनि खाना खाने बिति्तकै धुम्रपान गर्नाले ग्यास्ट्राइटिसको समस्या निम्त्याउँनुका साथै पेटसम्बन्धी समस्याहरु उत्पन्न गराउँछ ।

ननुहाउँने- खाना खानेबिति्तकै नुहाउँनाले हात, खुट्टा र शरीरमा रगतको प्रवाह बढ्छ । जसका कारण पेटको चारैतिर रगतको मात्रा कम हुने गर्छ , जुन खाना पचाउनका लागि आवश्यक पर्छ ।

फलफूल नखाने- खाना खाने साथ फलफूलको सेवन गर्नाले खानालाई दुषित गर्छ जसले शरीरमा उर्जा ९ शकि्त कम गर्छ । त्यसैले फलफूल खाना खानु अघि वा खाना खाएको ३० मिनेट पछि मात्र खानु राम्रो हुन्छ ।

चिसो पानी नखाने- खाना खान साथ चिसो पानी पिउनाले खानालाई डाइजेस्ट हुन दिदैन त्यसैले खाना खाएपछि चिसो पानीको सट्टामा मनतातो पानी खाने ।

नहिड्ने-  खाना खान साथ हिड्डुल गर्नाले शरीरको रगत प्रवाहमा असर पार्छ । त्यसैले खान खाएको आधा घण्टा पछि मात्र हिड्डुल गर्ने।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला