राष्ट्रपति माथि हात उठाउने कुरा हाम्रो लागि सामान्य कदापि हुन् सक्दैन । तथापि नेपाली लोकप्रिय नेता प्रचण्ड समेतले सार्वजनिक स्थानमा थप्पड खानु परेको थियो । यस्तै गरी राष्ट्रपतिले पनि थप्पड खानुपरेको समाचार छ, यो समाचार फ्रान्सको हो ।

सेतो सर्ट, टाई र मास्क लगाएका म्याक्रोंले एउटा बारको अर्कोपट्टी उनलाई कुरिरहेका मानिससँग हात मिलाइरहेका थिए। त्यही क्रममा हरियो टि-सर्ट, चश्मा र मास्क लगाएका पुरूषले उनको पाखुरा समात्दै गालामा थप्पड हाने। तत्कालै सुरक्षाकर्मीले म्याक्रोंलाई त्यहाँबाट निकालेका थिए। थप्पड हान्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

तर ती पुरूषले म्याक्रोंलाई थप्पड हान्नुको कारण खुलेको छैन। थप्पड खाएपश्चात पनि उनले आफ्नो भेटघाटलाई निरन्तरता दिएका थिए ।

हेर्नुहोस भिडियोमा –

आफ्नो प्रतिक्रिया लेख्नुहोला