विशेषतः मंगलबारको दिनलाई गणेश भगवानको दिन भनिन्छ ।मंगलबार गणेशको पुजा गरेमा कार्यसिद्दी हुन्छ भन्ने आम हिन्दुजनहरुको विश्वास रहेको छ ।
हिन्दु धर्म अनुसार गणेश भगवानको महिमा अपरम्पार रहेको छ ।

भगवान शिव र पार्वतीका पुत्र गणेशको पुजा आराधना विधिसम्मत गर्ने हो भने तँपाई हामा्रे जिवन पनी सुखी र खुसी हुन्छ । हरेक भगवानको पुजा आजा गर्दा गणेश भगवानको पुजा शुरुमा गनुपर्दछ भनिन्छ नि कुनै कार्यको शुरुवात गर्नुलाई नै श्रीगणेश गर्ने भन्नेबाट पनी यो कुरा पुष्टी हुन जान्छ ।
प्रायजसो तिलको लड्डु चढाएर साथै फुल ,जल र अक्षतासहित गणेश भगवानको पुजा गरिन्छ ।गणेश भगवानलाई खुसी पारी आफ्नो कार्य सिद्दी गर्नको निमित्त गणेश भगवानको पुजाको लागी पूर्ण तयारी गर्नुका साथै तोकिएको विधी अवलम्वन गर्नुपर्दछ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला