Traffic is seen as number of vehicles increase in the street after government and private offices, banks and financial institutions have partially been opened during 77th day of nationwide lockdown imposed amid concerns over novel coronavirus outbreak in Kathmandu, on Monday, June 8, 2020. Photo: Naresh Shrestha/THT

सरकारले असारबाट निषेधाज्ञा हटाउन सक्ने देखिएको छ । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा जेठभर लम्ब्याइएपनि खुकुलो पारेपछि त्यस्तो संकेत गरेको हो ।

३१ जेठसम्म निषेधाशा लम्ब्याइएको छ । तर, यसपटक विगतमा छुट नदिइएका कतिपय व्यवसाय र यातायात निश्चित अवधिका लागि खोल्न छुट दिइएको छ । जसमा किराना पसल, डिमार्टमेन्टल स्टोल, खाद्यान्नका पसलका अलावा मालवाहक यातायात पनि छन् । सवारी साधन मर्मतका वर्कशप पनि खोल्न निश्चित अवधि राखेर छुट दिइएको छ ।

जेठभर निषेधाज्ञा जारी गरेर खुकुलो पार्दै लाने र भाइरसको संक्रमणको अवस्था अध्ययन गरी हटाउने तयारी समेत भएको छ । तर, संक्रमण कम नभएमा असारको एक साता निषेधाज्ञा थपिने बुझिएको छ ।

असार महिनामा आर्थिक वर्षको अन्तिम महिना भएकाले पनि सरकारले निषेधाज्ञा लागू नगर्ने निश्चितप्रायः छ । असारमा कर तिर्ने महिनाका रुपमा व्यवसायीहरुले बुझ्ने गरेका छन्।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला