नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढाएको हो ।

त्यस अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ, डिजेल तथा मट्टितेलको १०८ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ ।

निगमले भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला