पीसीआर रिपोर्ट नेगेटिभ आएका १२ जनालाई जेल चलान गरिएको हो ।

बागलुङ, २२ जेठ– गत चैत १५ गते होली खेल्नेक्रममा दुइ युवालाई भीरबाट खसालेर मारेको आरोपमा पक्राउ परेका १२ जनालाई जिल्ला अदालतले पुर्पक्षकालागि थुनामा पठाएको छ ।

घटनामा तत्कालै पक्राउ परेका १३ जना मध्ये हिरासतमै कोरोना पोजेटिभ देखिएपछि पेशी सरेको थियो । पीसीआर रिपोर्ट नेगेटिभ आएका १२ जनालाई जेल चलान गरिएको हो । एकजना अझै पोजेटिभ आएकोले आइसोलेसनमा छन् । जेल पठाइएका मध्ये बडिगाड गाउँपालिका १० का रेशम बुढामगर, झनबहादुर बुढा, मिलन बुढा, सूर्य बुढा, कुमार छन्त्याल, तीर्थलाल बुढा, ढालबहादुर बुढा, रुपेश बुढा, बालजंग गुरुङ, यामबहादुर बुढा, तेजेन्द्र छन्त्याल रसुमन बुढा छन् ।

रेशम भन्ने भेषराज बुढाको भने पटक पटक पीसीआर रिपोर्ट पोजेटिभ आएकोले कारागार पठाउन नसकिएको अदालतका से्रस्तेदार सूर्यप्रसाद भण्डारीले बताए । ती युवाको ५० दिनदेखि पीसीआर पोजेटिभ देखिएको छ । नेपाल सरकारले पीसीआर पोजेटिभ आएको १० दिन आइसोलेसन बसेपछि स्वतह डिस्चार्ज हुने मापदण्ड बनाएपनि उनको पटक पटक पोजेटिभ देखिएकोले जेल नपठाएकोहो । आदेशमा भने उनलाईपनि पुर्पक्षमा पठाउन भनिएको छ ।

उक्त घटनामा अझै ५ जना फरार छन् । मेलामा होली खेल्ने क्रममा उनीहरुले बागलुङको निसीखोला ७ का ३६ बर्षिय प्रकाश कुँवर र ३४ बर्षका दिपक परियारलाई भीरबाट खसालेका थिए । मतकको शव घटनास्थलदेखि ४ सय मीटर तल भेटिएको थियो ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला