नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसको माध्यमबाट शेयर बजार सम्बन्धी जानकारी लिन सक्ने भएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेवसाइट र  विभिन्न समाचार माध्यमको विकल्पमा आफुले लिन चाहेको शेयरबजार सम्वन्धि जानकारी एसएमएसबाट पनि प्राप्त गर्न सक्ने भएका हुन ।

शेयर बजारका लगानीकर्ता इन्टरनेटको पहुँच भन्दा बाहिर रहेको अवस्थामा पनि शेयर सम्वन्धि जानकारी लिन सकिने गरी यो सेवा प्रदान गरिएको  छ ।

मेरो लगानीले शुरू गरेको एसएमएस सेवाबाट ग्राहकले शेयर बजारमा हाल जारी भइरहेका प्राथमिक निष्काशन तथा निकट भविष्यमा निष्काशन हुने तयारीमा रहेका (आईपीओ, एफपिओ, म्युचुअल फण्ड, डिबेञ्चर, हकप्रद), शेयर बजारमा कारोबार भएको आधारमा बजारको समीक्षा (नेप्सेको घटबढ, कारोबार कम्पनी, संख्या र रकम) तथा नाफा कमाउने र गुमाउने कम्पनीहरुको जानकारी समेत पाउने छन् ।

  • कसरी लिन सक्नुहुनेछ सेवा?

हाल मेरोलगानी एसएमएस अर्लट्स योजना अन्तर्गतका सेवाहरु एनसेल र नेपाल टेलिकम दुवैबाट लिन सकिने छ । यसअघि एनसेलबाट मात्रै यस्तो सेवा लिन सकिने भएपनि अब नेपाल टेलिकमबाट पनि एसएमएस सेवा सुरु गरिएको छ ।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले *३१०५१# डायल गरी एसएमएस सेवा लिन सक्नु हुने छ । एसएमएस सेवामा आईपीओ, एफपिओ, म्युचुअल फण्ड, डिबेञ्चर लगायतको बारेको  जानकारी तुरून्त प्राप्त गर्न सक्नु हुने छ । साथै कम्पनीका साधारण सभा, राइट शेयर, बोनस सेयर र लाभांशको बारेमा पनि तुरून्तै सूचना पाउनु हुने छ ।

पोडकास्टमा शेयर बजारका सूचना,समाचारमात्र होइन बजार सकिएपछि त्यही दिनको  बजारबारे गरिएको छलफल पनि सुन्न सक्नु हुनेछ।

जसका लागि यहाँले एसएमएस अर्लट्सको हप्ताको २० रुपैयाँ र पोडकाष्ट सुन्न पनि हप्ताको  २० रुपैयाँ नै तिनुपर्ने हुन्छ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला