तनहुँ, १९ जेठ– शुक्लागण्डकी नगरपालिकाका दुई मेडिकललाई शिल गरिएको छ । तनहुँ प्रशासन र शुक्लागण्डकी नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार गरेको संयुक्त अनुगमनमा अवैध ठहरिएका दुई मेडिकललाई शिल गरिएको हो ।

दुलेगौँडा बजारमा सञ्चालित धर्मसेवा मेडिकल हल र फेम्लि मेडिकल हललाई शिल गरेको शुक्लागण्डकीका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । आफ्नो क्षेत्राधिकार भन्दा बाहिर अवैध रुपमा बिरामी भर्ना गरी उपचार गराईरहेको अनुगमन टोलीले फेला पारेपछि शिल गरेको उनले जनाए । यी दुई मेडिकलले बिरामी भर्ना लिई उपचार गर्ने अनुमती नभएपनि बिरामी भर्ना लिएर उपचार गर्दै गर्दा अनुगमन टोलीले फेला पारेको थियो। ‘सात दिन भित्रमा स्पष्टीकरण सहित स्वास्थ्य संस्थामा हाजिर हुने भनेका छौँ । सिडियो कार्यालयको पनि त्यही आदेश छ । उहाँहरुले कस्तो स्पष्टीकरण लिएर आउनुहुन्छ । त्यही अनुसार नगरपालिका समक्ष कारबाहीको सिफारिस गर्छौैँ’, उनले भने ।

स्वास्थ्य संस्था स्थानिय तह मातहात आएपछि पटक–पटक अनुगमन हुदै आईरहेको छ । सेवाको वाहनामा जनताको स्वास्थ्य माथी खेलवाड गर्नेलाई कानुनी कारबाही नहुदाँ सञ्चालकहरु सर्धनै चाहादैनन् ।
यहाँको बजार क्षेत्रमा सञ्चालित अस्पताल, पोलिक्लिनिक, मेडिकल, फार्मेसी, आयुवेर्दिक फर्मा, ल्याब लगायतका स्वास्थ्य संस्थाको छड्के अनुगमन गरिएको थियो । अनुगमनको सुराकी पाएका केही मेडिकल र फार्मेसी सञ्चालक बन्द गरेर बसेका थिए । अनुगमनमा अधिकांश स्वास्थ्य संस्थाले बिना इजाजत सञ्चालन गरी सेवा दिईरहेको पाईएको स्वास्थ्य शाखाले जनाएको छ ।

 

आफ्नो प्रतिक्रिया लेख्नुहोला