कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

२०७८ साल कुम्भ राशि भएका व्याक्तिहरू सामान्य रहनेछ । घरमा शुभ र मङ्गल कार्यको आयोजना हुनेछ । रोकिएका वैदेशिक क्षेत्रका कामहरू सहजै अघि बढ्नेछ । शनिको आद्य साढेसाति, राहु, र वृहस्पतिको प्रभावले झुटा आरोप, वादविवाद, डर र चिन्ता बढ्न सकछ, तर जन्म कुण्डलीमा शनिग्रह राम्रो पोजिसनमा भए शनिदेवले उच्च पद, प्रतिष्ठा र शुभ फल दिनेछन् ।

व्यापार/व्यवसाय
यो वर्ष कुम्भ राशिका जातकहरूलाई व्यापार / व्यवसायबाट लाभ नै मिल्नेछ । प्राविधिक, फैंसी तथा सजावटीको क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । सेयर बजार अन्तर्गत विमाक्षेत्र बढी राम्रो रहला । यदि जन्म कुण्डलीमा शनि ग्रह स्वगृही, उच्च, मित्रगृही छ भने शनिको कृपाले निर्माण, धातु, मेसेनरी, इलेक्ट्रोनिक र टेक्नोलोजी क्षेत्रबाट शुभ फल मिल्नेछ । आर्थिक दृष्टिले वैशाख, साउन, मंसिर र पुष महिना शुभ रहनेछ ।
प्रेम/सम्बन्ध
यसपाली प्रेम र मित्रताको बन्धमा दूरी बढ्न सक्छ, साथै पुरानो र नयाँ सम्बन्धमा मनमुटाव आउने र आफन्त पनि टाढिनसक्छन् , अत: नयाँ सम्बन्ध नजोडेकै राम्रो हुन्छ । तर जन्मकुण्डलीमा सप्तम भावको पोजीसन राम्रो आफ्नो अनुकूलताको शुभ फल पाईनेछ ।

शिक्षा
अध्ययन र अध्यापनमा रूचि बढ्नेछ । वीवेक र बुद्धिको विकाश हुँदै जानेछ । विदेशिएका विद्यार्थीहरूले भने स्वदेश भन्दा बढी सफलता हाँसिल गर्नेछन् । आर्किटेक्चर एवं विज्ञान क्षेत्रका शिक्षार्थीहरूलाई बढी सफलता मिल्नेछ । जेठ, र साउन महिनामा विद्यामा ह्रास आउनसक्छ ।

पेशा/रोजगार
यो वर्ष नयाँ रोजगार पाईने र ठाउँ परिवर्तनको योग रहेको छ । सरकारी पद र ठूला सङ्घ सस्थामा आवद्ध पनि हुन सकिनेछ । वादविवादमा नपरेकै जति हुनेछ, अन्यथा दुख पाईने र अपजस खेप्नु पर्ला । असोज महिनामा कमहरू अधुरै रहन सक्छन् । आफ्नो पेसाबाट राम्रो फाईदा मिल्नेछ तर, विपक्षी भने बढ्न सक्नेछन् ।

स्वास्थ्य
मानसिक चिन्ता र समस्या बढ्न सक्छ । रक्त विकार र चोटपटकको भय पनि उत्तिकै रहनेछ । ग्यासटिकको समस्या बढ्न सक्छ त्यसैले खानपिनमा ध्यान दिनु र व्यायाम गर्नु हितकर हुन्छ ।
शुभ रङ्ग
कालो, पर्पल, खैरो र गुलाबी शुभ रङ्ग हो ।
शुभ अङ्क
१, ३, ६, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
मंगलबार विघ्नहर्ता गणेशजी र शनिवार र हनुमानजीको उपवास, दर्शन तथा पूजा गर्ने, गरिब तथा अपाङ्गहरूलाई सहयोग गर्ने साथै शनि ग्रहको शान्ति, जप, पाठ र पूजा गराउने ग्रहपीडा कमभई अधिक सफलता मिल्नेछ र सत्कर्म गर्नेहरूलाई पनि भाग्यमा वृद्धि हुनेछ ।

आफ्नो प्रतिक्रिया लेख्नुहोला